- ADVERTISEMENT -

मध्य मस्र्याङ्दीबाट आधामात्रै उत्पादन

February 22, 2019
937
Shares
- ADVERTISEMENT -

लमजुङ, १० फागुन २०७५ । मध्य मस्र्याङ्दी जल विद्युत् परियोजनाबाट क्षमताभन्दा आधा मात्र विद्युत् उत्पादन भइरहेको छ । ७० मेगावाट क्षमताको परियोजनामा पानीको बहाव उच्च हुँदा ७२ मेगावाटसम्म विद्युत् उत्पान हुने गरेकोमा हाल औसतमा ३१ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । परियोजना लमजुङमा रहेको छ ।

नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा कम विद्युत् उत्पादन भएको मध्य मस्र्याङदी जल विद्युत् केन्द्र प्रमुख पशुपतिराज गौतमले बताउनुभयो । वर्षा नभएको र हिउँ पनि नपग्लिएका कारण नदीको बहाव घटेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँका अनुसार कात्तिक १० गतेबाट नै विद्युत् उत्पादन घट्दै गएको हो । यसअघिका वर्षमा औसत २७ मेगावाटसम्म विद्युत् उत्पादन घट्ने गरेको थियो । यस वर्ष विद्युत् उत्पादन अझै घट्न सक्ने उहाँले बताउनुभयो ।

उच्च मागको समय साँझ तीन घण्टा र बिहान डेढ घण्टा भने पूर्ण क्षमतामा ७० मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । बिहान ६ बजेदेखि साँढे ७ बजेसम्म र साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म पुरा उत्पादन हुनेछ । दुई वटा टर्बाइन रहेकोमा राति ११ बजेदेखि ४ बजेसम्म र दिउँसो १० बजेदेखि ४ बजेसम्म पालैपालो बन्द गर्ने गरिन्छ । कहिलेकाहीँ राति दुवै टर्वाइन बन्द हुने उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

अर्ध जलाशययुक्त (पिकिङ रन अफ द रिभर) प्रविधिको परियोजनामा विद्युत् उत्पादन बन्द हुँदा पानीलाई जलाशयमा राख्ने गरिएको छ । पिकिङ रन अफ द रिभर प्रकृतिको आयोजनाका विशेषता नै वर्षायाममा जलविद्युत् उत्पादन बढ्ने र हिउँदयाममा घट्ने रहेको उहाँले बताउनु भयो ।

पानी पर्ने र हिउँ पग्लिने समयदेखि विद्युत् उत्पादन बढ्ने केन्द्र प्रमुख गौतमले बताउनुभयो । ‘सुख्खायाम र हिउँदसँगै विद्युत् उत्पादन घटेको हो । पानी पर्ने र हिउँ पग्लिने समय शुरु भएपछि उत्पादन बढ्दै जान्छ । अब चैतबाट उत्पादन बढ्छ’ उहाँले भन्नुभयो, ‘माघको अन्तिमदेखि फागुनसम्म विद्युत् उत्पादन कम हुन्छ । ’

जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत लगानीमा मध्य मस्र्याङदी जल विद्युत् परियोजना निर्माण गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -