काठमाडौं,९ फागुन २०७५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता प्रक्रियाको टुंगो लगाउन आज कार्यदलसहित सचिवालयको बैठक बोलाएको छ । पार्टी एकतामा ढिलाइ हुँदा कार्यकर्ता तहबाट चर्को दवाव परेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले लामो गृहकार्यपछि आज स्थायी समितिद्वारा गठित कार्यदलका सदस्यसहित सचिवालय बैठक बोलाइएको हो ।
‘पार्टी एकिकरणमा केही ढिलाइ भयो तर अब त्यो अवस्था रहदैन । अब सबै कमिटीहरुको एकता छिट्टै टुंगिदैछ,’ अध्यक्ष ओली
आज बस्ने बैठकले एकताको ठोश निर्णय लिने बताइएको छ । गत फागुन ६ गते बसेको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन प्रस्तुत भएपछि एक पटक कार्यदलका सवै सदस्यलाई आमन्त्रण गरी सचिवालय बैठक एकताको टुंगो लगाउने निर्णयअनुसार आज सचिवालयमा आमन्त्रण गरिएको हो ।
आजको बैठकमा कार्यदलका सदस्यहरुको सुझाव लिने र एकताको बिषयमा ठोश धारणा बनाउने जानकारी प्रवक्ता नारायणकाजी श्रैष्ठले दिनुभएको थियो । कार्यदलसहित बैठक बोलाइएपछि अव लगभग एकताको खाका टुंगो लगाउने निश्कर्षमा अध्यक्षद्वय ओली र प्रचण्ड रहनुभएको छ ।
तीन महिनामा सवै तहको साँगठानिक एकता टुंगो लगाउने घोषणा गरेपनि लामो समयसम्म एकीकरण हुन नसकेपछि नेतृत्वमाथि चाँडो टुंगो लगान दवाव परिरहेको छ । आजको बैठकमा कार्यदलका सवै सदस्यलाई आमन्त्रण गरिएको छ ।
विभिन्न कारणले तोकिएको समयभित्र पार्टी एकताले पूर्णता पाउन नसके पनि अव छिटोभन्दा छिटो पार्टी एकतालाई टुंगो लगाइने छ :अध्यक्ष प्रचण्ड
कार्यदलमा संयोजक रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलबाहेक अन्य सात सदस्यलाई मिेत आमन्त्रण गरिएको हो । कार्यदलमा थापा र पौडेलसहित शंकर पोखरेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुबीर महासेठ, बेदुराम भुसाल, बर्षमान पुन र लेखराज भट्ट हुनुहुन्छ ।
आजको बैठकमा सदस्यहरुबाट सुझाव लिइने र एकता टुंगो लगाउने अध्यक्षद्वयको योजना रहेको छ । हिजो धनगढीमा आयोजित सुदुरपश्चिम स्तरीय कार्यकर्ता भेलामा दुवै अध्यक्षले अव एकतामा बिलम्ब नहुने भन्दै चाँडै टुंगो लगाउने बताउनु भएको छ ।
प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकिकरणमा केही ढिलाइ भएको भए पनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पार्नुभएको छ । ‘पार्टी एकिकरणमा केही ढिलाइ भयो तर अब त्यो अवस्था रहदैन । अब सबै कमिटीहरुको एकता छिट्टै टुंगिदैछ,’ अध्यक्ष ओलीको भनाई थियो ।
अर्का अध्यक्ष प्रचण्डलेपनि एकता अव ढिला नहुने बताउनु भएको छ । ‘विभिन्न कारणले तोकिएको समयभित्र पार्टी एकताले पूर्णता पाउन नसके पनि अव छिटोभन्दा छिटो पार्टी एकतालाई टुंगो लगाइने छ,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।
सचिवालय बैठकको अघिल्लो दिन अध्यक्षद्वयले एकताको टुंगो लगाउने घोषणा गरेको कारण आजको बैठकले ठोश निश्कष निकाल्ने अपेक्षा नेकपाका नेता-कार्यकर्ताले गरेका छ ।