Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१२:१३ बिहान
- ADVERTISEMENT -

प्रजातन्त्र जीवनमरणको सवाल : सभापति देउवा

प्रकाशित मिति: २०७५ फागुन ८, बुधबार

915
Shares

वीरगञ्ज, ८ फागुन । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताउनुभएको छ ।

वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको आज उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताउनुभयो ।

प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली काङ्गे्रस सदैव तयार रहेको भन्दै पूर्व प्रधानमन्त्री देउवाले ऐतिहासिक महत्व बोकेको वीरगञ्जको विकासका लागि नेपाली काङ्ग्रेस सधैँ तयार रहेको छ भन्नुभयो ।

वर्तमान सरकारले उद्योगधन्दाको विकास गर्न नचाहेको भन्दै उहाँले वर्तमान सरकारले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन नसकेकाले उद्योगधन्दा फस्टाउन नसकेको बताउनुभयो ।

उहाँले भारतीय बजार नजिकै रहेकाले वीरगञ्जमा विदेशी लगानीकर्ता आकर्षित हुने भएकाले लगानी गर्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले लगानीकर्तालाई आकर्षित गर्ने तथा लगानी गर्ने वतावरण बनाउन सके मुलुकको अन्य प्रदेशभन्दा प्रदेश नं २ नमूना प्रदेश बन्ने बताउनुभयो ।

नीति निर्माताका कारण प्रदेश नं २ को विकास हुन नसकेको भन्दै उहाँले मुलुकको हितभन्दा निश्चित व्यक्तिको हित भइरहेकाले प्रदेश नं २ मा उद्योगधन्दाको विकास हुन नसकेको बताउनुभयो ।

सो अवसरमा पूर्वमन्त्री डा प्रकाशशरण महतले देशलाई कसरी समृद्ध गर्ने भन्ने सवालमा नेपाली काङ्ग्रेस लोकतन्त्र, जनाधिकार र हरेक क्षेत्रमा नागरिकको अधिकार सुनिश्चित गर्ने कुरालाई लिएर अगाडि बढिरहेको बताउनुभयो ।

सांसद प्रदीप गिरी, विनोदकुमार चौधरी तथा पूर्व सांसद तथा उद्योगपति अनिल रुगङ्टाले निजीक्षेत्रको लगानीले अर्थतन्त्रको विकासमा योगदान प¥ुयाउने भएकोले प्रदेश नं २ को आर्थिक विकासका लागि सरकारले लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

चार वर्ष लगाएर बनेको सो १० तले होटलमा दुई हल, स्वीमिङग पुल, जिमखाना गरी ६० कोठा रहेका छन् । वितीय संस्थाको ऋण लगानीमा निर्माण भएको सो चारतारे होटलको कुल लगानी रु एक अर्ब करोड रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -