- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राजनीतिक आडमा हुने नकरात्मक प्रवृत्ति सह्य हुदैन-प्रधानमन्त्री

February 19, 2019
1042
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ७ फागुन २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति प्रतिबिम्बित भएको बताएका छन् ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

लिखित मन्तव्य वाचन गर्दैै प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने उल्लेख गर्नुभयो ।

‘यस्ता गतिविधि गर्नेहरु विरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्छ’, कार्यक्रममा उहाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

मौलिक विधि अपनाएर नेपालले द्वन्द्व व्यवस्थापन लगभग सम्पन्न गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले द्वन्द्व व्यवस्थापनको सन्दर्भमा आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ध्येयका साथ आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वयनमा केन्द्रित भएको बताए । आगामी चैतमा गर्न लागेको लगानी सम्मेलनमार्फत विकास अभियानमा स्वदेशी तथा विदेशी लगानीकर्तासँग सहकार्यको अपेक्षा गरिएको प्रधानमन्त्रीको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com