- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेकपा निकट विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ

February 18, 2019
964
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, फागुन ६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेका छन ।

तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका ार्वजनिक गर्न माग गर्दै अनेरास्वबियु र अनेरास्वबियू (क्रान्तिकारी)ले संयुक्तरुपमा आज उपकुलपतिको कार्यालय घेराउ गरेको हो ।

घेराउको क्रममा बिद्यार्थीहरुले तत्काल स्वबियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न भन्दै नाराबाजी गरेका छन ।

कार्यालय नै घेराउ गरेपछि रजिस्टारले विद्यार्थीहरुलाई सम्बोधन गर्दै छिट्टै निर्वाचन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । दुवै बिद्यार्थी संगठनले यसअघि फागुन २ गतेसम्मको अल्टिमेटम दिएका थिए । तर त्रिबिले कार्यतालिका सार्वजनिक नगरेपछि घेराउ गर्न पुगेका हुन ।

दुवै विद्यार्थी संगठनले नेपाल विद्यार्थी संघको आन्तरिक किचलोका कारण स्ववियु निर्वाचन टार्ने चलखेल भएको आरोप लगाएका छन् । दुवै अखिलले कांग्रेसको निर्देशनमा चुनाव नगर्न खोजेको आरोपमेत लगाएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -