२०८३ वैशाख २८, सोमबार
८:५८:०५ बिहान
- ADVERTISEMENT -

व्यवसायी एकल अंकमा कर्जाको व्याजदर हुनुपर्ने अडानमा

प्रकाशित मिति: २०७५ फागुन ६, सोमबार

915
Shares

काठमाडौं, ६ फागुन २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको व्याजदरमा चासो राखेसँगै अर्थ जगतमा तरंग पैदा भएको छ । व्यवसायी एकल अंकमा कर्जाको व्याजदर हुनुपर्ने अडानमा छन् भने बैंकर्स संघ ठाडै त्यसको प्रतिकारमा उभिएका छन् । यता नेपाल राष्ट्र बैंक पनि बजारमा लगानी योग्य रकमको अभाव हुँदा व्याजदरमा दवाव परेको दावी गर्छ ।

अहिले बैंकहरुले कर्जाको ब्याजदर १२ दशमलव ४७ प्रतिशतको दरले लिदैं आएका छन् । यो दर उद्योग व्यवसायको क्षेत्रमा महंगो भएको भन्दै मुलुकभरका उद्योगी ब्यवसायी असन्तुष्ट छन् । उनीहरुले एकल अंकमा कर्जाको ब्याजदर कायम हुनुपर्ने भन्दै प्रधानमन्त्रीसमक्ष आफ्ना माग राखे । प्रधानमन्त्री ओलीले बैंकलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन अर्थमन्त्री र गभर्नरलाई निर्देशन पनि दिए । तर विगतलाई हेर्ने हो भने २०६८ सालमा बैंकहरुले १२ दशमलव ४० प्रतिशतका दरले कर्जाको व्याजदर लिएका थिए । जुन अहिलेको भन्दा शुन्य दशमलव ७ प्रतिशतले कम हो ।

बैंकहरुले बढाएको ब्याजदरको विषय नयाँ भने होइन् । पटक–पटक उद्योगी ब्याजदर घटाउन सरकार र बैंकरहरुलाई अनुरोध गर्छन् तर बैंकरले ब्याजदर नघटाएपछि यो विषय उद्योगी व्यवसायीमाझ पेचिलो बन्दै गएको छ । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने तत्काल ब्याजदर घट–बढको अवस्था नरहेको दावी गर्छन् । उनले निक्षेप र कर्जाको बीचमा साढे ४ प्रतिशतको फरक राखेर कर्जा उपलब्ध गराएकोले तत्काल ब्याजदर नघट्ने दावी पनि गर्छन् । प्रधानमन्त्री ओलीले तीन दिनभित्रै ब्याजदर घटाउन बैंकहरुलाई निर्देशन दिन अर्थमन्त्रीलाई भनेता पनि प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनमा आउन जटिल रहेको बैंकर्स एसोसिएसनका कतिपय नेताहरुको तर्क छ । राष्ट्र बैंकका अधिकारीहरु पनि ब्याजदर राष्ट्र बैंकले तोक्ने नभई बजारले निर्धारण गर्ने बताउँछन् । तर, अर्थमन्त्री खतिवडा भने प्रधानमन्त्रीको ठाडो निर्देशनपछि सकसमा परेका छन् । यसका लागि अर्थमन्त्री खतिवडाले आज उद्योगी व्यवसायीहरुलाई छलफलका लागि बोलएका छन् ।

उता, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा भने २०६८ सालमा लिइएको कर्जाको ब्याजदर र अहिलेको अवस्था १२ प्रतिशतको हाराहारीमा रहेको प्रष्ट पार्छन् । उनले विगतमा लिइएको कर्जाको ब्याजदर र अहिले लिइएको कर्जाको ब्याजदर उस्तै भएकोले उद्योगीहरु आत्तिहाल्नु पने अवस्था नरहेको प्रष्ट पारे ।

उद्योगीहरू राष्ट्र बैकको कार्यक्षेत्रभित्र रहेको वित्तिय बजारको ब्याजदरको विषय लिएर बालुवाटारसम्म पुगेको यो पहिलो घटना पनि हो । खुला बजार अर्थतन्त्रका पक्षपाती व्यवसायीहरू नै यसरी बजार हस्तक्षेपका लागि सरकारको ढोका चहार्नुलाई आश्चर्यजनक रूपमा हेरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -