कालिकोट, ६ फागुन २०७५ । पशुपति शर्मालाई गीत गाएकै आधारमा धम्की दिने कार्यको देशभरबाट विरोध भइरहेको छ । देश विदेशमा रहेका नेपालीहरुले उनीप्रति ऐक्यवद्धता जनाउँदै वर्तमान केपी ओली नेतृत्वको सरकारको विरोध गरेका छन् ।

देशका दुर दराजदेखि विदेशमा रहेका नेपालीहरुले सरकारको अतिवादको विरोध जनाएका छन् । सर्जकलाई आफ्नो सिर्जना भयरहित वातावरणमा प्रस्तुतगर्न नदिएको भन्दै स्रस्टाहरु र स्वतन्त्रताप्रेमीहरु सडकमा उत्रिएका छन् ।

कोहि पशुपति शर्माकै गीतलाई गाएर वजाएर नाचगान गर्दै सरकारको विरोधमा उत्रिएका छन् । कोहि नयाँ नयाँ सिर्जना मार्फत पशुपति शर्माको समर्थनमा ऐक्यवद्धता जनाउँदै सरकारको र भ्रष्टाचारीको विरोधमा उत्रिएका छन् ।

कर्णालीका कलाकार र सञ्चारकर्मीहरु पनि सरकारको विरोधमा उत्रिएका छन्। उनिहरुले सरकारको रवैयाप्रति आक्रोश पोखेका छन् ।

“लुट्न सके लुट” गीतको पक्षमा उभिएका उनीहरुले सत्यको पक्षमा बोल्नेहरुलाई सक्छौ भने देश निकाला गर भन्दै सरकारलाई चेतावनी दिएका छन् ।

कालिकोटका कलाकार र सञ्चारकर्मीहरुले पशुपति शर्माप्रति ऐक्यवद्धता जनाउँदै गीत गाएको सञ्चारकर्मी पुष्पराज भट्टराईले जानकारी दिनुभयो ।

उनीहरुले सत्य बोल्छौ छाती खोल्छौ देश निकाला गर भन्दै गीत मार्फत सरकार विरुद्ध कडा प्रतिक्रिया जनाएका छन् । सरकारप्रति भर नभएको पनि उनीहरुले गीत मार्फत अभिव्यक्त गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्