चितवन, फागुन ५ । मनकामना केबलकार आइतबार सञ्चालनमा नआउने भएको छ । शनिवार उपत्यका लगाएतमा आएको बर्षासँगै परेको चट्याङले केबलकारमा क्षति पुगेकाले आज एक दिन केबलकारका सेवाहरु बन्द हुने मनकामना दर्शन प्रा.लि ले जनाएको छ।
चट्याङले क्षति पुर्याएको केबलकारमा मर्मत पछि सोमबारदेखि सञ्चालनमा आउने जनाइएको छ। केबलकार बन्द हुँदा यात्रु जन लाइ पर्न गएको असुबिघा प्रति मनकामना दर्शन प्रा.ली. ले क्षमा समेत मागेको छ ।









































