२०८३ जेठ ३, आइतबार
५:१०:०२ बेलुका
- ADVERTISEMENT -

पशुपति शर्माको युट्युबबाट हटे पछी “लुट्न सके लुट” गीत सयौं फेसबुक र युट्युबमा झनै छ्याप्छ्याप्ती

प्रकाशित मिति: २०७५ फागुन ५, आइतबार

979
Shares

काठमाडौँ, ५ फागुन २०७५ । सरकार समर्थकले विरोध जनाएपछि गायक पशुपति शर्माले ’लुट्न सके लुट कान्छा गीत युट्युबबाट हटाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा केही शब्द परिमार्जन गरी फेरि ल्याउने बाचासहित शनिवार साँझ उनले उक्त गीत युट्युबबाट हटाएका हुन् ।

राजनीतिक दबाबका कारण गीत हटाउन बाध्य भएको उनको स्ट्याटसमा उल्लेख छ । उनले लेखेका छन्, “गीतमा प्रयोग भएका केही शब्दहरूलाई लिएर विरोध सृजना गर्न खोजिएकाले मैले यो गीत हटाएको छु ।

तर सुशासन कायम हुनुपर्छ र देशमा विसङ्गति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसङ्गति लाई व्यङ्ग्य गरोस् भन्ने मेरो एक मात्र ध्येय थियो।

“मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था सँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन। तर गीतमा समावेश केही शब्दहरूमा मेरा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो, म ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको छु ।

केही समय लाग्ला। ती शब्दहरूलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु“, । “अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु“, उनले लेखेका छन्।

पशुपतिले हटाएको गीत युट्युब र फेसबुकमा छ्याप्छ्याप्ती

उनले हटाए पनि कपि गरेकाहरूले यो गीतको भिडियो युट्युब र फेसबुकमा राखेका छन् । उनले आफ्नो अफिसियल च्यानलबाट हटाएको गीत दर्जन बढी च्यानलहरूले पोस्ट गरेका छन् । विभिन्न शीर्षक दिएर दर्जन बढी युट्युब च्यानलले उनको गीत हुबहु राखेका छन् । युट्युब बाहेक फेसबुकमा समेत उनको गीत छ्याप्छ्याप्ती छ ।
सञ्जालका प्रतिक्रिया

पशुपतिका समर्थकले भने गीत हटाउन बाध्य पारिएकोमा आपत्ति जनाएका छन् । यता सामाजिक सञ्जालमा भने चुनावताका जनमत बटुल्न पार्टीका गीत ल्याएर भाइरल बनाउन पाउने, तर व्यथिति–विसंगतिका गीत ल्याउन किन नपाउने रु भन्ने सम्मका तर्क गरेका छन् ।

पशुपति शर्माको गीत हटाउनुमा अधिकांशले राजनीतिक दबाबको गन्द ओकलेका छन् । व्येथिति, विसंगतिविरुद्ध सचेत गराउनु पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उनीहरु तर्क गर्छन् । जसको जे सुकै तर्क भए पनि ‘लुट्न सके लुट कान्छा’ले कतै गायकलाई नै पो लुट्ने हो कि ?

फेसबुकमा जनै हराएको बाहुन नाम राखेका एक समर्थक लेख्छन्, “हैट पशुपति दाइ पनि यस्तो गीत गाएर पनि हुन्छ । बद्री पङ्गेनी जस्तो बाम गठबन्धनको गीत नगाएर देशमा भएको भ्रष्टाचार र लूटतन्त्रको गीत गाएर पनि कहीँ हुन्छ १११ यसो गरे त दुई तिहाइको सरकारलाई धक्का परि हाल्छ नि ।”

त्यस्तै, श्रीकृष्ण भट्टले लेखेका छन्, अब सरकारले बद्री पंगेनीको मै पनि एमाले, सही पनि एमाले गीतलाई राष्ट्रिय गीत बनाए हुन्छ १

खीमानन्द कँडेलले लेख्छन्, सरकार तानासाही रूपमा अगाडि बढ्दै गएको छ । सरकारलाई गायक पशुपति शर्माको गीतले पुरै हल्लाइदिएको छ । सलाम छ पशुपति शर्मालाई । यही पारामा सरकार अगाडि जाने हो भने जनताले सडकबाटै सरकारलाई ढाल्नेछन् ।

भ्रष्टहरूको, चाकडीबाजहरुको अहिलेपनि सत्ता र सरकारको वरिपरि हालीमुहाली छ ।
सरकार सच्चिएर हिँड्नुको कुनै विकल्प छैन । कि त सच्चिएर हिड्नुपर्यो कति पतनलाई स्वीकार्नुपर्यो ।

सत्ता समर्थकको आक्रोश

गीतले विशेष गरी सत्ता समर्थकहरूलाई आक्रोशित बनाएको थियो। युवा सङ्घ नेता किरण पौडेलले पशुपति शर्मालाई बहिष्कार गर्न आह्वान गरेका छन् ।

त्यसै गरी आरआर क्याम्पसमा अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार बनेका सुरेन्द्र बस्नेतले गीतमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

यसै गरी सांसद शान्ता चौधरीले प्रहार गर्नुको पनि सीमा हुन्छ भन्दै आफ्नो स्वाभिमान झुकाएर गीत गाएको, अरू देशमा लुट्न पाइँदैन हाम्रो देशमा मात्रै पाइन्छ भनेर विश्वका सामु आफ्नो देशको गरिमालाई कमजोर बनाएको आरोप लगाएकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -