काठमाडौँ, ३ फागुन २०७५ । चलचित्र ‘लभ स्टेसन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङलाई देखाइएको छ ।

उषा शेरचन र दिपक शर्माको शब्द रहेको गीतमा सुगम पोखरेल र रेश्मा पुनको स्वर रहेको छ । भियतनामका सुन्दर लोकेशनमा छायाँकन गरिएको गीतको कोरियाग्राफी शिशिर खातीले गर्नु भएको हो । भिडियो आकर्षक वनेको छ ।

चैत २२ मा देशभर प्रदर्शन हुने चलचित्र लभ स्टेसनमा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको पनि अभिनय गर्नु भएको छ ।

काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई गोविन्द शाही निर्माण गरेका हुन् भने चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गर्नु भएको हो ।

भिडियो हेर्नुहोस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्