२०८३ जेठ ५, मंगलबार
३:५८:११ राति
- ADVERTISEMENT -

प्रेमको प्रतिक रानीमहलमा ‘भ्यालेनटाइन डे’ मनाउनेको भिड

प्रकाशित मिति: २०७५ फागुन २, बिहीबार

1365
Shares

पाल्पा, २ फागुन २०७५ । आज प्रणय दिवस, युवा युवती तथा प्रेमी प्रेमिको लागि प्रेम व्यक्त गर्ने दिन । सयौ युवा यवती तथा प्रेमी प्रेमिकाहरुका लागि साचो प्रेम व्यक्त गर्न पाल्पाको रानीमहल दरवारमा पुगेका छन् । रानीमहल दरवार प्रेमको प्रतिकको रुपमा चर्चित बन्दै गएको छ । दैनिक सयौ युवा युवती तथा प्रेमी प्रेमिकाहरु आजकल प्रेमभाव व्यक्त गर्नको लागि पाल्पाको रानीमहल दरवार पुग्ने गरेका छन् । नव जोडी प्रेमी प्रेमिकाको लागि पाल्पाको रानीमहल दरवार आकर्षणको केन्द्र विन्दु बन्दै गएको छ ।

राणा खड्ग शमशेर र रानी तेजकुमारीको प्रेम विषयबस्तु विभिन्न पुस्तकहरुमा पढेको थिए । आज प्रेमिकाको साथमा रानीमहलमै आई सच्चा प्रेमभावको अनुभव भएको चितवनका गणेश खनालले बताए । रानीमहलमा आउँदा प्रेमिकासंग भित्रै देखी माया पलाएर आएको अनुभव भएको खनालले बताए । पाल्पा तेल्घाकी समिक्षा राई पनि प्रेमी ओमविर राना संगै प्रेम दिवश मनाउन रानीमहल पुगेकी छन् । प्रेम दिवशको अवशरमा रानीमहल घुम्न पाउदा निकै आनन्द महशुस भएको राईले बताईन । हरेक प्रेमी प्रेमिकाहरु एकपटक रानीमहल पुग्नै पर्ने राईले बताईन् ।

पश्चिमा समाजबाट भित्रिएको प्रणय दिवश नेपाली समाजमा समेत दिनहु महत्व बढ्दै गएकाले प्रेमको प्रतिक पाल्पाको रानीमहलको महत्व पनि दिनहु बढ्दै गएको छ । सच्चा प्रेम गर्ने युवा युवतीहरुको लागि पाल्पाको रानीमहल प्रेरणादायीक स्थान बन्दै गएको छ । प्रेम दिवशमा मात्र होईन अन्य दिनमा समेत सयौ युवा युवतीहरु प्रेमको प्रतिक रानीमहल पुगी आफ्नो प्रेम भाव व्यक्त गर्न पुग्ने गरेका छन् ।

राणा खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पाको कालीगण्डकी किनारामा रानीमहल दरवार निर्माण गरेका हुन । राणा खड्ग शमशेरले विस १९४९ साल देखी रानीमहल दरवारको निर्माण शुरु गरी ६ बर्ष लगाएर विस १९५५ मा पुरा गरेका थिए । राणा खड्ग शमशेरले रानी तेज कुमारी संग प्रेम गर्दै आएका थिए । खड्ग शमशेरले रानी तेजकुमारीका हरेक ईच्छा, चाहाना, आकाक्षा पुरा गर्दै आएको विभिन्न पुस्तकहरुमा उल्लेख गरिएको छ । अन्तिम समयमा रानी तेजकुमारीले कालीगण्डकीको उत्तरवाहिनी क्षेत्रमा आफ्नो प्राण त्याग गर्ने ईच्छा राखेपछी ज्योतीषहरु लाई देखाई हाल निर्माण भएको रानीमहलको छेउमा प्राण त्याग गरेकी थिईन । सोही स्थानमा राणा खड्ग शमशरेले रानी तेजकुमारीको संम्झनामा तेजमहल निर्माण गरेका हुन ।

केही बर्ष अघिसम्म रानीमहल दरवार पर्यटकको आगमन कम रहेपनि हाल दैनिक पन्ध्र सय देखी एक हजार सम्म पर्यटक आउने गरेको रानीमहल अस्थायी प्रहरी चौकीका रमेश आचार्यले बताए । प्रेम दिवशको अवशरमा प्रेमको प्रतिक रानीमहल पुग्ने प्रेमी प्रेमिकाहरु लाई स्थानीयवासी स्वागतको लागि जुटेका छन् । रानीमहल दरवारमा प्रयण दिवश मनाउनको लागि २ दिन अगाडी देखी नै नव जोडीहरु आएको होटल तथा रेष्टुरेष्टमा भिडभाड बढेको वसन्त कुवँरले बताए । प्रणय दिवशको अवशरमा बुटवल, नारायणगढ पोखराबाट बुकिङ आएको न्यू रानीमहल रेष्टुरेष्ट एण्ड लजका संचालक शुरेस पाण्डे क्षेत्रीले बताए । रानीमहलमा प्रवेश गर्ने पहिलो जोडी लाई खाना तथा बासको लागि छुट गरिएको उनले बताए ।

वेलायती दरवार शैलीमा निर्माण गरिएको प्रेमको प्रतिक तेजमहल हाल रानीमहल दरवारमा परिणत भएको हो । प्रेम साचो हुनु पर्दछ । प्रेमलाई वासनामा परिणत गर्दा हाल कयौ विकृति विसंङ्गती हुदै हत्या तथा आत्म हत्याका घटनाहरु बढिरहेको समयमा राणा खड्ग शमशेर रानी तेजकुमारीको प्रेम सम्वन्धले आजकलका युवा युवतीहरु लाई सच्चा प्रेम अनन्तकाल सम्म दिगो हुने सन्देश दिएको छ । प्रेमको प्रतिक रानीमहलमा पुग्ने प्रेम जोडीहरु लाई बस्न, मिठा मिठा कुरा कानी गर्न, विभिन्न आनन्द लिनको लागी दरवार परिसरमै विभिन्न फुलवारी बगैचा, मन्दिर, रहेका छन ।

करीब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरवारमा २४ वटा कोठा रहेका छन । एउटी प्रेमिकाको संम्झनामा निर्माण गरिएको दरवार परिसरमा मनमोहक बगैचा, शिबलाय, पानीपोखरी, शिबलिङ्गमा नागनागिनले जल शेचन दृश्य, भाँन्सा घर, घोडा बाध्ने तबेला ठुला ठुला मन्दिरका घण्टहरु, सहितको बिभिन्न आर्कषित कलाकृतिहरु देख्न सकिन्छ । दरवारमा अलंकारयुक्त ग्रीक शैलीका खम्वाहरु, त्रिकोणत्मक छाना भएको झ्याल, गुम्वज आकारका झ्यालहरु, नियो क्लासिकल स्थापत्यकला शैलीमा दरवारको निर्माण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -