२०८३ जेठ ३, आइतबार
५:४९:२४ बेलुका
- ADVERTISEMENT -

नेविसङ्घको तदर्थ समिति बनाउने काङ्ग्रेसको तयारी

प्रकाशित मिति: २०७५ फागुन २, बिहीबार

735
Shares

काठमाडौँ, २ फागुन २०७५ । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी सङ्घको केन्द्रीय समिति गठन गर्न सक्ने निर्णय गरेको हो ।

गत माघ २ गते कार्यकाल समाप्त भएसँगै सङ्घको केन्द्रीय समिति हाल विघटित अवस्थामा छ । सङ्घका अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते पदबाट राजीनामा दिएका र सोही दिन उनको राजीनामा स्वीकृत भएको थियो ।

काङ्ग्रेस बैठकले तदर्थ समिति गठनको तयारी गरे पनि नेवि सङ्घभित्रको आन्तरिक कचिङ्गल र पार्टीका नेताहरूको गुटगत राजनीतिका कारण सर्वस्वीकार्य तदर्थ समिति निर्माण कार्य भने सहज नरहेको बताइन्छ ।

बुधबारको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा पार्टीको महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव सुझावसहित परिमार्जन गरी पेश गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काङ्ग्रेसको महासमिति बैठक गत मङ्सिर २८ पुस ८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । साथै भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक सङ्घ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ ।

बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखेका थिए भने केन्द्रीय कार्यसमितिको अर्को बैठक यही फागुन ९ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -