Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
७:२८:२९ बेलुका
- ADVERTISEMENT -

जनयुद्ध दिवसमा ओलीको अप्रत्यक्ष अस्वीकार ! यस्तो छ बहाना

प्रकाशित मिति: २०७५ फागुन १, बुधबार

1063
Shares

काठमाडौं, १ फागुन २०७५ । सत्ताधारी दल अर्थात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फागुन १ गते जनयुद्ध दिवस देशभर मनाउने तयारी गरिरहेको छ । त्यसका लागि नेतृत्व तहबाट सर्कुलर समेत जारी भएको छ ।

तत्कालिन नेकपा माओवादीले चलाएको दश बर्षे छापामार युद्धलाई कहिल्यै नस्वीकारेको तत्कालिन नेकपा एमालेका नेताहरुले पहिलो पटक जनयुद्ध दिवस मनाउन लागेका हुन् ।

गत बर्ष नेकपा माओवादी केन्द्रले पेरिसडाँडामा आयोजना गरेको जनयुद्ध दिवसमा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि हुने प्रचार–प्रसार गरियो ।

तर, अन्तिम समयमा ओली मात्रै होइन एमालेका कुनै नेता जनयुद्ध दिवसमा सहभागि भएनन् । एउटै चुनावी नारा बनाई निर्वाचनमा होमिएर बहुमत प्राप्त गरेका दुई दलमा ओलीले जनयुद्धलाई स्वीकार गरेका थिएनन् ।

तर, गत जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पनि जनयुद्धबारे दुबै दल मौन देखिए । पार्टी एकतापछि पनि पूर्वएमाले नेताहरु भन्दै थिए जनयुद्धलाई हामीले स्वीकार गरेका छैनौँ । तर, औपचारिक रुपमै नेकपाले जनयुद्ध दिवस मनाउन सर्कुलर नै जारी गरेपछि अव पूर्व एमाले नेताहरुले पहिलो पटक जनयुद्ध दिवस मनाउन लागेका हुन् ।

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले सशस्त्र बिद्रोह सुरु ग¥यो । नयाँ जनबादी सत्ताको स्थापना गर्ने भन्दै दश बर्ष लामो चलाएको सशस्त्र बिद्रोह अन्तत २०६२/०६३ को आन्दोलनपछि १२ बुदे सहमति हुदै बिस्तृत शान्ति सम्झौता मार्फत बिराम लाग्यो ।

तर, माओवादीले युद्ध सुरुवात गरेको दिनको स्मरण गर्दे हरेक बर्ष फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउदै आएको थियो ।

जनयुद्ध शब्द सुन्नै नरुचाउने प्रधानमन्त्री केपी शर्मा ओली पनि दिवस मनाउन सहमत भएका छन् । ओली र दाहालको भेनेजुएला प्रकरणपछि वाकयुद्ध नै चल्यो । नेकपाका अध्यक्षद्धय ओली र दाहालबीचको छलफलले बिवाद समाधान मात्रै गरेन पूर्व एमालेलाई जनयुद्ध दिवस मनाउन बाध्य पा¥यो ।

ओलीले पनि बनाए यस्तो बहाना

तत्कालीन माओवादीको भातृ संगठन जनसांस्कृतिक महासंघ नेपालले भोली प्रज्ञा भवनमा २४ औं जनयुद्ध दिवसका अवसरमा कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड हुनेछन् । कार्यक्रममा प्रधानमन्त्रीलाई पनि निम्तो गरिएको भए पनि व्यस्तताका कारण सहभागी नहुने सन्देश दिइएको छ ।

पूर्व एमालेको प्रतिनिधित्व गर्दै सचिवालयका महासचिव विष्णु पौडेल सहभागि हुने बताइएको छ ।

आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा पनि ‘जनआन्दोलन र जनयुद्धका सहिदको सम्मान कार्यक्रम’ राखिएको छ । त्यसमा पनि प्रधानमन्त्री ओली अनुपस्थित हुने भएकाछन् ।

आज ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुँदैछ । त्यस कार्यक्रममा प्रधानमन्त्री जानुपर्ने भएकाले उता जान नभ्याउने बताइएको छ । तर, धुम्बाराहीमा साढे १० बजे कार्यक्रम छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन साढे १२ बजे राष्ट्रिय सभागृहमा हुँदैछ ।

भेनेजुएला प्रकरणले पुर्व एमाले सफ्ट

भेनेजुएला प्रकरणले पुर्व एमाले सफ्ट भएको चर्चा चलेको छ ।

किनकी भर्खरै सरकारको काम र भेनेजुएला प्रकरणमा असन्तुष्ट जनाएका प्रचण्डलाई जनयुद्ध दिवस मनाउन साथ नदिए थप विवाद बल्झने खतरा पुर्व एमालेहरुको बुझाई छ ।

अध्यक्ष ओलीले आफु नगएपनि अन्य नेतालाई खटाएकाछन् । जनयुद्ध शब्द सुन्नै नरुचाउने पूर्व एमाले नेताहरु जनयुद्धलाई पार्टीकै दिवसका रुपमा मनाउन सहमत भएको चर्चा चलेको छ ।

मोहन बैद्य नयाँ बिद्रोहमा चन्द अहिले पनि भूमिगत

सँगै युद्ध लडेका सहयात्री मोहन बैद्य हुन या नेत्रबिक्रम चन्दले अझै पनि जनयुद्धको जगमा नयाँ बिद्रोहको सुरुवात गर्ने बताइरहेका छन् । चन्द अहिले पनि भूमिगत राजनीति गरिरहेका छन् ।

उनीहरुले पनि जनयुद्ध दिवस मनाउदै आएका छन् । पार्टी एकतापछि जनयुद्ध दिवस के होला भनी पूर्व माओवादी नेता तथा कार्यकर्ताले चासो देखाइरहेका थिए ।

माओवादीले ०५२ साल फागुन १ गतेबाट जनयुद्ध भन्दै हिंसात्मक आन्दोलन गरेको थियो । १० वर्षसम्म चलेको आन्दोलनका क्रममा सत्ता पक्ष र विद्रोही पक्षबाट करिब १७ हजार मानिस मारिएका थिए । न्युज अभियानबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -