Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:४४ बिहान
- ADVERTISEMENT -

काँग्रेसले आज सबै विषय टुङ्ग्याउने

प्रकाशित मिति: २०७५ फागुन १, बुधबार

794
Shares

काठमाडौँ, १ फागुन २०७५ । नेपाली कांग्रेसको जारी बैठकले बुधबार पार्टीको विधान, राजनीतिक र आर्थिक प्रस्तावलाई अन्तिमरूप दिने भएको छ । साथै कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिको गठन गर्ने प्रक्रियालाई अगाडि बढाउने र अध्यक्षको चयन गर्ने सम्भावना रहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको मङ्गलबारको बैठक मुख्य गरी विधान र संघको विषयमै केन्द्रित भएको जानकारी सहमहामन्त्री डा. प्रकाशशरण महतले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बैठकमा विधानमाथिको छलफल जारी रह्यो । केही विषय बाँकी छन् । बुधबार बस्ने बैठकमा विधान, राजनीतिक, आर्थिक सबै विषय टुङ्ग्याउने कुरो छ । नेविसंघको पनि नयाँ तदर्थ समिति आउन सक्छ ।’’ उहाँले संघको हालको समितिको कार्यकाल विधानतः समाप्त भइसकेकाले बुधबार तदर्थ समितिको अध्यक्षसम्म आउन सक्छ भन्नुभयो । संघको अध्यक्ष नैनसिंह महरले एकदिन अघिमात्र राजीनामा दिनुभएको थियो ।

केन्द्रीय सदस्य बहादुरसिंह लामाले बैठकमा बोल्ने नेताहरूले केन्द्रीय सभापतिदेखि केन्द्रीय सदस्यसम्म तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने धारणा व्यक्त गरेको जानकारी दिनुभयो । कांग्रेसमा विवादको मुख्य जड नै सबै पदाधिकारी तलैबाट आउनुपर्छ र आउनु हुँदैन भन्ने रहेको छ ।

आरक्षणमा पनि एकपटकभन्दा बढी अवसर दिनु हुँदैन र दिनुपर्छ भन्ने विवाद पनि कायमै छ । यस विषयमा पार्टीमा छलफल जारी रहेकाले बुधबार निर्णय आउने जानकारी दिइएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले विधान लगायतका विषयमा मत राख्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -