- ADVERTISEMENT -

कांग्रेसले नैनसिंह महर सहितले गरेको मनोनयन बदर

February 12, 2019
1037
Shares
- ADVERTISEMENT -

काठमाडौं, २९ माघ २०७५ । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले राजीनामा गरेसँगै सार्वजनीक भएका बिभिन्न मितिमा गरिएका मनोनयन नेपाली कांग्रेस केन्द्रीय समितिले खारेज गरिदिएको छ ।

कांग्रेस बैठकले अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरुबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

बैठकले नेपाल विद्यार्थी संघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समयावधि समाप्त भइसकेको उनको नेतृत्वको केन्द्रीय समितिलाई धन्यवाद ज्ञापन गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, बलबहादुर के।सी।, ज्ञानेन्द्रबहादुर कार्की, एन.पी. साउँद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आ–आफ्नो धारणा राखेका थिए ।

- ADVERTISEMENT -

Advertisement

केन्द्रीय कार्यसमितिको अर्को बैठक फालगुन १ गते दिउँसो १ वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -