- ADVERTISEMENT -
- ADVERTISEMENT -

बीपी, गणेशमान, पुष्पलाल र मनमोहनका सालिक निर्माण

February 12, 2019
947
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हेटौंडा, २९ माघ २०७५ । हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकको परिसरभित्र प्रजातान्त्रिक आन्दोलनका चार युगपुरुषका ढलोटको पूर्णकदको सालिक स्थापना गरिएको छ ।

परिसरभित्र प्रजातान्त्रिक तथा वाम आन्दोलनका नेता स्व. विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीले राष्ट्रिय पोसाक पहिरेको सालिक स्थापना गरिएको शहीद स्मारक विकास समितिले जनाएको छ ।

ती सालिकका लागि शहरी विकास विभागले रु. ७२ लाख उपलब्ध गराएको उक्त समितिका कार्यालयप्रमुख रामचन्द्र न्यौपानेले बताए । उक्त स्मारकको परिसरमा निर्माण गरिएको प्रजातान्त्रिक पार्कलाई थप व्यवस्थित बनाई सञ्चालन गर्न उक्त समितिले पनि रु. ७० लाख खर्च गरिसकेको र करिब ९० प्रतिशत निर्माण पूरा भइसकेको उनले जानकारी दिए ।

विगत २८ वर्षअघि तत्कालीन हेटौँडा नगरपालिकाकाका प्रमुख डोरमणि पौडेलको सक्रियतामा स्थानीय नवलपुरमा शहीद स्मारक निर्माण गरिएको थियो । उक्त समितिका अध्यक्षसमेत रहेका हाल ३ नं. प्रदेशका मुख्यमन्त्री पौडेलले केही हप्ताभित्रै युगपुरुषका सालिक अनावरण गर्ने तयारी भइरहेकोे जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -