२०८३ वैशाख २८, सोमबार
९:०५:०५ बिहान
- ADVERTISEMENT -

दुई तिहाई बहुमतको सरकार ढल्ला भनेर आश नगर्नु – प्रधानमन्त्री ओली

प्रकाशित मिति: २०७५ माघ २९, मंगलबार

1090
Shares

काठमाडौं, माघ २९

प्रधानमन्त्री केपी शर्मा ओलीले केही शक्ति सरकार ढाल्छ कि भन्ने आशमा रहेको बताउनु भएको छ । नेकपामा विवाद छ भनेर हल्ला फिजाई रहेका बेला प्रधानमन्त्री ओलीले यस्तो कुरा बताउनु भएको हो ।

उहाले नौ–नौं महिनामा सरकार फेर्ने बानी भएकाहरु पुन प्रधानमन्त्री ढलिहाल्छ भन्ने सोचमा रहेका बताउनु भयो । नेपाल प्रहरीको १७८ औँ समूहका तालिम सकेका प्रहरी निरीक्षकलाई शपथ ग्रहण गराउने कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार दुई तिहाई बहुमतको भएकाले यो ढल्ला भनेर आश नगर्न आग्रह समेत गर्नुभयो । ‘कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको होला, तर यो सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउँछ’, उहाको भनाई थियो । उहाले अब राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्न नहुने उल्लेख गर्नुभयो ।

‘बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने, चन्दाका नाममा लुटपाट गर्ने, त्रासको वतावरण सिर्जना गर्ने कामलाई राजनीतिको खोल ‌ओढाएर उम्कन दिँइदैन । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण मान्य हुने छैन ।’ प्रधानमन्त्रीले थप्नुभयो, ‘सुशासन र विकासलाई केन्द्रित गरेर सरकारले काम अगाडि बढाएको छ । हामीले राजनीतक अधिकारको लाडाइ सिध्याएका छौँ। संविधान निर्माणका काम र आधार निर्माण गरिसकेका छौँ। सुशासन र विकासको बाटोबाट हामी साझा उद्येश्यका साथ अगाडि बढ्न लागेका छौँ ।’

कार्यक्रममा उहाले नेपाल प्रहरीमा बढुवाका लागि र कार्यसम्पादनमा राम्रो देखिनका लागि कसैको पनि दलाली गर्नुपर्ने अवस्थाको अन्त्य हुने समेत बताउनु भयो । प्रहरीका शीर्ष अधिकारीहरूलाई कार्यसम्पादन मुल्यांकन र बढुवाको प्रणाली स्थापना गर्न पनि आग्रह गर्नुभयो । ‘प्रमोसन हुनका लागि कसैलाई रिझाउनु र कसैकोमा धाउनु पर्दैन । यसअवसरमा म प्रहरी संगठनका जिम्मेवार अधिकारीलाई कार्यसम्पादन मूल्यांकन र प्रमोसनका लागि न्यायोचित प्रणाली स्थापना गर्न आग्रह गर्दछु’, उहाले भन्नुभयो । उहाले अबदेखि बढुवाका क्रममा भेदभाव भएको भन्ने सुन्न नपरोस् भनेर पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले उच्च प्रहरी अधिकारीहरूलाई आफू पनि अनुशासनमा बस्न र मातहतका दर्जालाई पनि अनुशासनमा राख्न समेत निर्देशन दिनुभयो । मातहतकालाई दबाउने र माथिल्लो तहकाको दलाली गर्ने काम बन्द गर्न निर्देशन दिदै प्रहरी संगठन दलाली गर्न नभएर आफू पनि स्वाभिमानसका साथ बाँच्न र अरूको पनि स्वाभिमान साथ बाँच्ने अधिकार सुनिश्चित गर्नकालागि भएको बताउनु भयो ।

नेपाल प्रहरीको तालिम केन्द्र काभ्रेको पनौती सार्नका लागि सरकारले तयारी गरिरहेको प्रधानन्त्रीले जानकारी दिनुभयो । दशौँ वर्ष पहिले नै निर्णय भएको यो विषयमा राष्ट्रपतिको अनावश्यक आलोचना भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । आफूलाई चर्चित बनाउन चाहनेहरूले प्रहरी एकेडेमी सार्ने विषयमा अनावश्यक हल्ला गरेको प्रधानमन्त्रीको भनाइ थियो । ‘हल्ला गर्न रुचाउनेहरूले र आफूलाई खुब सेलिब्रेटी देखाउनका लागि एकेडेमी सार्ने विषयमा अनुचित हल्ला गरे । राष्ट्रपतिले लखेट्न खोजेजस्तो देखाएु, प्रधानमन्त्रीको भनाइ थियो, ‘पूर्वप्रहरी अधिकृतहरूले आफू पदमा भएको बेला त्यै कुरा गर्ने र अहिले यो ठिक भएन भनेर हल्ला गर्नेरु सरकार त्यस्ता कुराहरूसँग सहमत छैन ।

देश र जनताका लागि जे गर्नुपर्छ त्यसमा दृढ छ ।’ नेपाल प्रहरीलाई सुविधासम्पन्न, प्रविधियुक्त, दक्ष र वैज्ञानिक सुविधा तथा तालिमको व्यवस्था गर्नका लागि एकेडेमी सार्न लागिएको प्रधानमन्त्रीको भनाई थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -