काठमाडौं, २८ माघ २०७५ । नेविसंघका अध्यक्ष निवर्तमान अध्यक्ष नैनसिंह महरले पार्टी सभापति शेरबहादुर देउवालाई सचेत भएर तदर्थ समिति गठन गर्न आग्रह गरेका छ्न् । राजीनामा पत्र बुझाइ सकेपछि देउवासँग महरले महाधिवेशन गराउने तदर्थ समिति गठन गर्दा सचेत हुन आग्रह गरेका हुन् ।

“तपाईंको कोटरीले गर्दा नेविसंघ यो हालतमा आयो । कोटरीकै कुरा सुनेर अगाडि बढ्नु भो भने दुर्घटनामा पर्नुहुन्छ,” महरले सभापति देउवासँग भने, “दाइ सचेत हुनुस्, नेता चयन गर्दा ख्याल गरेर गर्नुहोला ।”

जवाफमा देउवाले पार्टीका नेता र महरसँग सल्लाह गरेर नेविसंघको तदर्थ समिति गठन गर्ने आश्वाशन दिएको स्रोतले बतायो ।

महरले आज पार्टी सभापति देउवासमक्ष राजीनामा दिएका हुन् । महाधिवेशन गर्ने वातावरण नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।

नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्