काठमाडौं, २८ माघ २०७५ । नेपाल बिद्यार्थी संघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि नेविसंघ कार्यसमिति आलोचित बन्दै आएको छ ।

त्यही बिषयमा आलोचित बन्दै आएका नेविसंघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । अध्यक्ष महरले नेपालि कांग्रेसका सभापति एवं पार्टी अध्यक्ष शेरबहादुर देउवालाई सोमबार राजीनामा पत्र बुझाएका छन् ।

अहिले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सानेपास्थित पार्टी कार्यलयमा बसेको छ । उक्त बैठकमा नेविसंघकै बिषयमा छलफल हुने कांग्रेसका नेताहरुले जनाएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्