- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्केभिन नेचर केयर हस्पिटलको १६औं वार्षिकोत्सव सम्पन्न

February 11, 2019
1398
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ललितपुर, २८ माघ २०७५ । ललितपुर बागडोलस्थित स्केभिन नेचर केयर हस्पिटलको १६औं वार्षिकोत्सव सम्पन्न भएकाे छ ।

अस्पतालले आयोजना गरेको १६ औं वार्षिकोत्सव कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्रवर्धन गनुपर्ने बताउनु भयो । उहाले पछिल्लो समय नसर्ने रोगको बिगबिगी भएका बेला योग तथा प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका हुने भन्दै बुद्ध जयन्तीका दिन ध्यान दिवस मनाउन पहल गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा योग गुरु डा हरिप्रसाद पोखरेलले योग तथा प्राकृतिक चिकित्सा बिरामीलाई मात्र होइन,सबैलाई चाहिने भन्दै यसको महत्व बुझे स्वस्थ रहन सकिने बताउनु भयो । उहाले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भयो ।

नेकपाकी सांसद पम्फा भुसालले प्राकृतिक चिकित्सा र एलोपेथिक उपचार पद्धतीलाई सँगसँगै लैजानुपर्ने बताउनु भयो । उहाले चाइनाले जस्तै कम्बाइन्ड उपचार गर्न समेत सुझाव समेत दिनुभयो ।

अस्पतालका अध्यक्ष मनोज थापाले १६ वर्ष अघि सानो क्लिनिकबाट शुरु भएको स्केभिन नेचर केयर हस्पिटलमा हाल योग तथा प्राकृतिक सम्बन्धी सम्पूर्ण सेवा दिन सफल भएको बताउनु भयो । उहाले अस्पताललाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्नु भयो ।

कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर डा दिपा पाण्डेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -