- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेसले वीरगन्जको बीपी उद्यान निर्माण प्रक्रिया पूर्वनिर्णयबमोजिम अगाडि बढाउन माग

February 10, 2019
1055
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ , २७ माघ २०७५ । कांग्रेसले वीरगन्जको बीपी उद्यान निर्माण प्रक्रिया पूर्वनिर्णयबमोजिम अगाडि बढाउन माग गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले तत्काल पुरानो निर्णयबमोजिमकै प्रक्रियामा अघि बढ्न तिनै तहको सरकारलाई सचेत गराएकाछन् ।

उहाले बी पी पार्क निर्माणकै लागि जग्गाको व्यवस्था भइसकेको र त्यस्तो जग्गा अन्य नाममा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको भन्दै तत्काल निर्णय सच्च्याउन माग समेत गर्नु भयो ।

- ADVERTISEMENT -

Advertisement

‘बीपी कोइरालाका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ जग्गा प्रबन्ध र सो जग्गा अन्य नाममा प्रयोग गर्न नमिल्ने प्रतिबन्धात्मक व्यवस्था भएको, बीपी उद्यानकै नाममा शिलान्यास भइसकेको यावत तथ्य नजरअन्दाज गरेर अघि बढ्ने दुस्साहस गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’ उहाले भन्नुभयो, ‘अतः तत्काल पुरानो निर्णय बमोजिमकै प्रक्रियामा अघि बढ्न तिनै तहको सरकारलाई नेपाली कांग्रेस गम्भीर ढंगले सचेत गराउन चाहन्छ ।’

अहिले नेपाली राजनीतिमा निषेधको प्रवृत्ति बढ्दै गएको भन्दै प्रवक्ता शर्माले नियतवश बीपी नामप्रति अवहेलना गरिएको आरोप लगाउनु भयो । प्रवक्ता शर्माका अनुसार आफ्ना नेता बीपी कोइरालाको नाममा वीरंगन्जमा बन्ने निश्चित भएको उद्यान आर्कैको नाममा बनाउन प्रदेश २ का मुख्यमन्त्रीले गत माघ १६ मा शिलान्यास गर्नु भएको थियो । माग पूरा नभए तत्कालै संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नु पर्ने चेतावनी पनि दिन प्रवक्ता शर्माले दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

गत माघ २४ गतेको कांग्रेस केन्द्रीय समिति बैठकले पनि वीरगन्जमा गर्ने निश्चित भएको बीपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यास कार्यक्रमप्रति गम्भीर आपत्ति जनाउँदै पूर्वनिर्णयलाई तत्कालै यथास्थितिमै कायम राख्न र यथाशिघ्र बीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन माग गर्ने निर्णय गरेको थियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com