एजेन्सी, २७ माघ २०७५ । भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एकजना सांसदको गोली हानी हत्या भएको छ । तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वास सरस्वती पूजाका दिन आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममै उनको गोली हानी हत्या भएको हो ।

कार्यक्रमको समयमा उनी मञ्चबाट ओर्लन लागेका थिए, त्यही बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । बन्दुक प्रहरीले बरामद गरेको छ ।

तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई घटनाको आरोप लगाएको छ । तृणमूल कांग्रेस पार्टीका महासचिव पार्थो चटर्जीले घटनाबारे आरोप लगाउँदै बीजेपीलाई बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनी पनि दिएका छन् ।

भाजपाले भने तृणमूल कांग्रेसभित्रै चलिरहेको झगडाको कारणले घटना भएको र आपसी झगडाको नतिजा भएको बताएको छ । सत्यजित विश्वास कृष्णगञ्ज विधानसभा सिटबाट निर्वाचित सांसद हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्