- ADVERTISEMENT -

कांग्रेसमा विधानप्रति मनभिन्नता बढ्यो

February 10, 2019
697
Shares
- ADVERTISEMENT -

काठमाडौँ, माघ २७ गते । महासमितिबाट पारित भएका कतिपय विषयलाई विधानमा समावेश नगरिएपछि नेपाली काँग्रेसभित्र मतभिन्नता बढेको छ । महासमितिको बैठक सकिएको डेढ महिनाभन्दा पनि बढी समय हुँदा पनि नयाँ विधान लागू हुन सकेको छैन । गएको पुस ८ गते महासमितिको बैठक सकिए पनि कांग्रेसले विधानलाई अझै अन्तिमरूप दिन सकेको छैन । सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथकमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने भन्ने मुख्य विवादको विषय बनेको छ ।

कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले भन्नुभयो, ‘‘महासमितिको बैठकबाट पारित भएका प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकले थप्न, काट्न र घटाउन सक्दैन । काटेर उल्टाउने अनुमति पनि छैन । परिमार्जन मात्रै गर्न सक्छ । सदस्यहरूका भावनामा तलमाथि नहुने गरी परिमार्जन गर्ने अधिकार कार्यसमितिलाई दिएको छ ।’’

- ADVERTISEMENT -

Advertisement

उहाँका अनुसार महासमितिको बैठकमा अधिकाँश सदस्यले नेपाललाई हिन्दु राष्ट्र हुनुपर्छ भनेर हस्ताक्षर नै गरेर नेतृत्वलाई बुझाएका थिए । त्यसलाई विधानमा समावेश गर्ने कुरा उत्सुकताको विषय भएको उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिदेखि केन्द्रीय सदस्यसम्म बुथकमिटिबाटै निर्वाचित भएर आउनुपर्छ र समावेशीको अवसर एकपटक मात्रै हुनुपर्छ भन्ने विषयलाई केन्द्रीय समितिले पारित नगरेको, तर महासमितिको बैठकले प्रस्तावलाई पारित गरेको बताउनुभयो । ‘‘महासमिति बैठकमा बोल्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत यी दुई विषयलाई विधानमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो” उहाँले भन्नुभयो, “महासमितिले पारित गरेका विषयलाई केन्द्रीय कार्यसमितिले परिवर्तन गर्ने कुरा महासमितिलाई म्यान्डेड छैन ।’’

- ADVERTISEMENT -

Advertisement

अर्का केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले भने आरक्षणबाट एक दुईपटक मात्रै सरकारी पद र केन्द्रीय समितिमा आउन दिनुपर्ने, त्योभन्दा बढी दिनु हुँदैन भन्ने कुरा ठीक नभएको, आठवटा समूहबाट आरक्षणको व्यवस्था भएपछि सबै वर्ग र समूहको प्रतिनिधित्व भइसकेपछि ‘खुला’ भनेर राख्नु नपर्ने तर्क गर्नुभयो । उहाँले पार्टीको कार्यसम्पादन समिति र संसदीय बोर्डमा अनुभवी नहुने तथा पहिलोपटक आउनेले कसरी सही निर्णय गर्न सक्छ भनी प्रतिप्रश्न गर्नुभयो । नेता विश्वकर्माले धनुषा, सिन्धुली, सिन्धुपाल्चोक, तनहुँ, गोर्खा, स्याङ्जा, रुपन्देही र कञ्चनपुरका जिल्ला सभापतिहरुमात्रै त्यसको पक्षमा रहेको दावी गर्नुभयो ।

नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह के.सी.ले भने यी दुवै विषयमा सबै जिल्ला सभापतिहरुको साझा धारणा रहेको बताउनुभयो । उहाँले हेटौंडामा सम्पन्न जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाले सभापतिदेखि केन्द्रीय सदस्य सबै बुधकमिटिबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षण पटक पटक एकै व्यक्तिलाई दिन नहुने प्रस्ताव पारित गरेको बताउनुभयो ।

जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाले पारित गरेको प्रस्तावकै आधारमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले ती विषयलाई विधानमा समावेश गरेको थियो । त्यति मात्र होइन महासमितिको बैठक बस्नुअघि नुवाकोटको ककनीमा बसेको जिल्ला सभापतिहरूको बैठकले ती दुई विषयलाई विधान मस्यौदामा समावेश गरेकोमा मस्यौदा समितिलाई धन्यवाद दिँदै २४ बुँदै प्रस्ताव पारित गरेको थियो ।

महासमिति बैठकमा तीनै विषयमा तनाव र मतभेद भएपछि सभापति देउवा र वरिष्ठ नेता पौडेलले ती दुवै विषयलाई समावेश गर्ने प्रतिबद्धता जनाउनुभएपछि बैठक सौहाद्र्ध वातावरणमा समापन भएको भनाइ महासमिति सदस्यहरूको छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउँदा अहिलेको जस्तो गुटबन्दी नहुने, नेताहरु तल्लो तहसम्म जिम्मेवार हुने र केही नेताको चाकडी गरेर ठूलो पदमा पुग्ने अभियानको अन्त्य हुने भनाइ कतिपय नेताको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -