काठमाण्डौँ, माघ २६ । गणतन्त्र नेपालको संविधान घोषणाका नायक सुशील कोइराला अर्थात सुशील दा को निधन भएको तिन बर्ष पूरा भएको छ । सुशील दा लाई सम्झदै नेपाली कांग्रेसका युवा नेता गगन थापाले सबैलाई समन्वय गरेर संविधान जारी गर्ने सुशील दाको अभाव खड्किएको महसुस भएको बताएका छन् ।

शनिवार आफनो फेसबुकमा थापाले नेपाली राजनीतिमा निष्ठा, इमानदारीता, सरलता र समन्वयकारी भूमिकाको खडेरी पर्दै गएकोमा समेत चिन्ता ब्यक्त गरेका छन् । थापाले सुशील कोइराला अर्थात सुशील दा को पुण्य तिथिको स्मरण गर्दे हामी सबैलाई संविधान कार्यन्वयन गर्न उत्प्रेरित गरोस भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन् :

“सम्झनामा सुशील दा!
नेपाली राजनीतिमा निष्ठा,इमानदारीता,सरलता र समन्वयकारी भूमिकाको खडेरी पर्दै गएको बेला निष्ठा र इमानदारीताको धरातलमा उभिएर राजनीति गर्दै सबैलाई समन्वय गरेर संविधान जारी गर्ने सुशील दाको अभाव खड्किएको छ।आजको दिनले हामीलाई संविधान कार्यन्वयन गर्न उत्प्रेरित गरोस्। “

सुशील कोइरालाले ऊ बेला नेतृत्व गरेको नेपाली कांग्रेस र त्यसका भ्रातृ संघसंगठनले सम्झना गर्देछन् तर संविधान निर्माण गर्दै उनले देखाएको सम्बृद्ध नेपालको गोरेटो भने पछिल्लो समय धमिलिदै गएको छ।

गणतन्त्रात्मक मुलुकको छैठौं तथा नेपालको ३७ औं प्रधानमन्त्री बनेका कोइरालाले संविधान निर्माण र घोषणाको नेतृत्व त गरे तर उनको निधन अघि बाटै सुरु भएको राजनीतिक गतिरोध भने अझै पनि माप्त हुन सकेको छैन ।

भूतपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको श्वासप्रश्वासका कारण २०६२ साल माघ २६ गते ७७ वर्षको उमेरमा निधन भएको थियो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्