२०८३ जेठ ३, आइतबार
६:३२:०६ बेलुका
- ADVERTISEMENT -

नेपाल महिला संघ पनि सरकार बिरुद्ध सडकमा उत्रने

प्रकाशित मिति: २०७५ माघ २४, बिहीबार

920
Shares

रुपन्देही, २४ माघ २०७५ । सरकार बिरुद्ध सडक आन्दोलनको घोषणा गरेको नेपाली काँग्रेसको भगिनी संस्था नेपाल महिला संघ पनि सरकार बिरुद्ध सडकमा निस्कने भएको छ । नेपाल महिला संघ रुपन्देहीले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी माघ २६ गते बुटवलमा सरकार बिरुद्ध बृहत प्रदर्शन तथा बिरोध सभा गर्ने जानकारी गराएको हो ।

नेपाल महिला संघ रुपन्देहीको तदर्थ समितिका सभापती गंगा शाहीले दुई तिहाइ बहुमतको सरकारले जनताका पक्षमा रचनात्मक काम गर्न नसकेको र दण्डहिनतालाइ प्रशय दिदा अपराधिक क्रियाकलाप बढेकाले सरकार बिरुद्ध सडकमा ओर्लीनुको बिकल्प नभएको बताउनु भयो ।

सरकारले नै निर्मला पन्तका हत्यारालाइ संरक्षण गरेको आरोप लगाउदै महिला संघले निर्मलाको परिवारलाइ न्याय,संविधानले निर्दिष्ट गरेका महिला अधिकारको रक्षा, महिला तथा बालबालिकामाथि हुने हत्या हिंसाका घटना नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर सडक संघर्ष गर्ने जनाएको छ ।

त्यसैगरी, संसदिय मर्यादाको रक्षा,वाइडबडी प्रकरणमा संलग्न दोषीलाई कारबाही, प्रदेश ५ को गाडी खरीद प्रकरणको निस्पक्ष छानबिन तथा संलग्नलाइ कारबाही, प्रदेशको नाम र स्थाइ राजधानीको बिषय छिटो टुङ्गयाउनु पर्ने लगायतका माग महिला संघ रुपन्देहीले अगाडी सारेको छ ।संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले विकासमा समेत चरम राजनीतिकरण गरेको आरोप पनि संघले लगाएको छ ।

सरकार बिरुद्ध माघ २६ गते शनिबार बिहान ११ बजे बुटवलको राजमार्ग चौराहबाट रयाली निकाली ट्राफिक चोकमा बिरोध सभाको आयोजना गर्ने संघका सभापती शाहीले जानकारी दिनुभयो । बिरोध सभालाई महिला संघका केन्द्रिय तथा स्थानीय नेतृहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस रुपन्देहीका जिल्ला सदस्य माया गौतमले बताउनु भयो । शनिबार बुटवलमा सरकार बिरुद्ध हजारौ महिलाहरु सडकमा ओर्लीने दावी गौतमले गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -