२०८३ वैशाख २८, सोमबार
८:३८:४१ बिहान
- ADVERTISEMENT -

३८ सय किलो सुन तस्करी प्रकरण : भुजुङ गुरुङसहित ११ आरोपीलाई थुनामा राख्न उच्च अदालतको आदेश

प्रकाशित मिति: २०७५ माघ २४, बिहीबार

937
Shares

काठमाडौं, २४ माघ २०७५ । ३८ सय किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशले थुनामा रहेका ११ आरोपीलाई धरौटीमा रिहा गर्न उच्च अदालत विराटनगरले अस्वीकार गरेको छ ।

कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको इजलासले यस्तो फैसला सुनाएको हो ।

एक सातादेखि लगातार सुनुवाइ रहेका उक्त मुद्दामा फैसला सुनाउँदै बिहीबार उच्च अदालले तस्करीको सुनका मालिक भनी अरोप लागेका राप्रपाका नेता भुजुङ गुरुङसहितलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न भनेको हो ।

उच्चले सुन तस्करीको आरोप लागेका गुरुङ, दोदाराम खत्री, विरेन्द्रमान श्रेष्ठ, राजेन्द्र मर्हजन, कपिलराज पुरी, श्री एवल नेपाल ट्राभल्स एण्ड टुर्स प्रालि र कान्तिपुर होलिडेज प्रालिका रामहरी सुवेदी, फाल्दुङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङलाईथुनामा राख्ने जिल्ला अदालत मोरङको आदेश मिलेको ठहर गरेको हो। यसैगरी रेवतकुमार आचार्य, बेनु श्रेष्ठ, डा डेविट भन्ने छिरिङ बाग्ले र बालादाइ भन्ने बालकृष्ण खड्कालाई पनि थुनामा राख्ने जिल्लाको आदेश मिलेको ठहर गरेको हो ।

त्यस्तै उच्चले अवु सलाम खान भन्ने शैयद अकबर, डब्बु भन्ने इम्तियाज उद्दिनलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

उनीहरुलाई पनि जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

मुख्य न्यायाधीशसहित पाँच न्यायाधीश छानबिनका लागि तानिएपछि विराटनगर उच्च अदालतमा विचाराधीन रहेको ३८ सय किलो सुन तस्करी प्रकरण पुन सुनुवाइ सुरु भएको थियो ।

कामु मुख्य न्यायाधीश अधिकारी र न्यायाधीश लेखनाथ घिमिरेको इजलासमा बिहीबारदेखि १३ आरोपितहरूको निवेदनमा सुनुवाइ सुुरु गरेको थियो ।

सर्वोच्च अदालतको बागडोर सम्हालेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको सुक्ष्म निगरानी संयन्त्रको निर्णयबमोजिम विराटनगर उच्च अदालतका पाँच न्यायाधीश न्यायपरिषद्मा तानिएको थियो ।

सुनका मालिक भनिएका भुजुङ गुरुङ, दोदाराम खत्री र डेविट भन्ने छिरिङ वाग्ले घलेसहितका आरोपितको मुद्दामा सुनुवाइ सुरु भएको हो। पहिलो दिन निवेदकका कानुन व्यवसायीले बहस गरेका छन् ।

मुख्य न्यायाधीशसहित पाँच न्यायाधीश छानबिनमा तानिएपछि उच्च अदालतले सबै प्रतिवादीको निवेदन एकै इजलासले सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

उच्च अदालतबाट काजमा मुख्य न्यायाधीश कुलरत्न भुर्तेल न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदी तानिएका थिए। न्याय परिषद्को टोलीले गत साता विराटनगर अदालत निरीक्षणका क्रममा कैफियत पाएपछि उनीहरुलाई छानबिनका लागि तानिएको थियो ।

उच्च अदातलमा करिब २० अभियुक्तले जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएका थिए । सुनको मुख्य मालिकको आरोप लागेका भुजुङ गुरुङसहितका १४ प्रतिवादीहरू अहिले पनि विराटनगर उच्च अदालतमा आफू अनुकुल हुने इजलास खोज्नमै व्यस्त थिए ।

धरौटीमा सहज छुटाउन सक्ने न्यायाधीशको इजलास खोज्दै उनीहरूले पाँच महिनादेखि मुद्दाको पेसी सार्दै आएका थिए । तर, राणाको एक्सनपछि उनीहरूले इजलासमा रोक्ने निवेदन दिन रोक लागेको थियो ।

सुन तस्करीमा मुख्य आरोपिहरू सामान्य धरौटीमा छुट्नका लागि चलखेल गर्न पेसी सार्दै आएका थिए। सुन मालिकको रुपमा चिनिएका गुरुङले १६ पटक आफ्ना कानुन व्यवसायीलाई प्रयोग गरेर मुद्दाको पेसी सारेका थिए । उनको मुद्दा ३१ वटा इजलासमा पेसी परेको छ ।

६२ न्यायाधीशको इजलासमा उक्त मुद्दाको पेसी भए पनि सुनुवाइ हुन सकेको थिएन । उनले उन्मुक्ति पाउने इजलास गठन नभएको संकेत पाए लगत्तै आफ्ना कानुन व्यवसायीलाई प्रयोग गदै स्थगित गराउदै आएका थिए ।

अन्तत: उनीहरुको चलखेल समाप्त हुदै थुनामै बस्नु पर्ने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -