२०८३ वैशाख २८, सोमबार
८:३५:४६ बिहान
- ADVERTISEMENT -

भेनेजुयलाका विषयमा आफ्नो वक्तव्यमा अडिग छु : अध्यक्ष दाहाल

प्रकाशित मिति: २०७५ माघ २४, बिहीबार

1050
Shares

चितवन, २४ माघ २०७५ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे । एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले थपे, “परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।”

मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उनले बताए । पार्टी र परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट पारिसकेको उनले उल्लेख गरे । आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उहाले बताउनु भयो ।

अर्को एक सन्दर्भमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशबाहिर भएका बेला विभिन्न देशका राजदूतहरुले शान्ति प्रक्रियाका विषयमा जारी गरेको विज्ञप्तिलाई नेपालको मामिलामाथिको अनावश्यक चासोको अभिव्यक्ति भएको दाहालले टिप्पणी गर्नुभयो ।

दाहालले सरकारले जनताको पक्षमा नयाँ नयाँ काम गरिरहेको बताए । उनले भने, “सरकारले लगातार गति पक्रन थालेको छ । तपाईं हेर्दै जानुस् केही समयपछि अझै तीव्रता पाउँछ ।” पत्रकारको अर्को एक प्रश्नमा दाहालले सकेसम्म यही महीनाभित्र नभए फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता भइसक्ने बताउनु भयो । आज कार्यदलले रिपोर्ट दिएपछि एकता टुङ्ग्याएर अभियानमा लाग्ने उनको भनाइ छ । फागुन र चैत महीनामा पार्टीले गरेका कामसमेतलाई जानकारी गराउँदै गाउँगाउँमा अभियान गरिने उहाले बताउनु भयो ।

आफ्नो क्षेत्रमा धेरै काम भएको भन्ने प्रश्नमा उनले सबै योजना अहिलेको नभएर पूर्ववर्ती सरकारको पालाको भएको प्रस्ट पार्नुभयो । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने माडीवासीको समस्याको विषयमा प्रधानमन्त्रीसमेत सकारात्मक हुनु भएको भन्दै उनले माडीको विकास, जनताको सुरक्षा र निकुञ्जको विषयमा ठोस कदम चाल्न लागिएको बताउनु भयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -