- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

फागुनको पहिलो साताभित्र पार्टी एकताको काम टुंगिन्छ : अध्यक्ष प्रचण्ड

February 7, 2019
905
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिन्धुपाल्चोक, २३ माघ २०७५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो घोषणा गर्नुभएको हो । ‘पार्टी एकताको काममा अव थप बिलम्ब हुन्न, आगामी फागुनको पहिलो साताभित्र एकताको काम टुङ्गो लगाइने छ, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको ठोकुवा गर्नुभयो । उहाँले संविधान कार्यान्वयनलाई असफल बनाउन देशीविदेशी तत्वहरु सक्रिय रुपमा लागिपरेको आरोप लगाउनुभयो ।

गरीबीका कारण स्वास्थ्योपचार तथा विद्यालयमा अध्ययन गर्न वञ्चित रहेका व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले सो विद्यालयलाई कृषि क्याम्पस बनाउन प्रस्ताव राख्ने आश्वासनसमेत दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा प्रतिनिधिसभा सांसद अग्नि सापकोटालगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com