- ADVERTISEMENT -

विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दा चलाएकोमा कांग्रेसलको आपत्ती

February 6, 2019
752
Shares
- ADVERTISEMENT -

काठमाण्डाै, २३ माघ २०७५ । शान्तिपूर्ण प्रर्दशनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिएर फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

सरकारका कदमविरुद्ध पोखरामा भएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएकोमा कांग्रेसले गम्भीर आपत्ति जनाएको हो । बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रहरी नियन्त्रण रहेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न पनि माग गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी गएकाे सोमबार धनुषाको सबैया नगरपालिका-१० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीमाथि कम्युनिष्ट पार्टीका कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै बैठकले आक्रमणमा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

कांग्रेसले प्रदर्शन सकिएपछि भएको आक्रमणलाई गम्भीर रुपले लिएको जनाएको छ । घाइते कापडीको अहिले विराटनगरमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

बुधबारको बैठकमा नेताहरु रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्ण बहादुर खड्का, केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँड, डाक्टर नारायण खड्का, डाक्टर मिनेन्द्र रिजाल, आनन्द प्रसाद ढुंगाना र मोहन बहादुर बस्नेतले धारणा राख्नुभएको छ ।

यसैबीच नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिका बारेमा भने नेताहरुबीच मत बाझिएपछि बैठकले कुनै निर्णय गर्न सकेन ।

बैठक भोलि बिहीबार ११ बजे फेरि बस्ने तय भएकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -