काठमाण्डौँ,२३ माघ २०७५ । निर्मला पन्तको नाममा ‘चिल्ड्रेन पार्क’को शिलान्यास भ​एको छ​। भिमदत्त नगरपालिका–२, को वडा कार्यालयले निर्मला अध्ययनरत विद्यालय सरस्वती माविमा बुधबार चिल्ड्रेल पार्कको शिलान्यास गरेको हो ।

आज बुधबार निर्मलाकी आमा दुर्गादेवी पन्त र भीमदत्तनगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीले सो चिल्ड्रेन पार्कको शिलान्यास गरेका हुन्।

चिल्ड्रेल पार्कमा पुष्प वाटिका तथा साना बालिबालिका लागि खेल्नका लागि खेल मैदान र झुलाको निर्माण गरिने भिमदत्त नगरपालिका २ को वडा कार्यालयले जनाएको छ ।

१२ लाख ४४ हजार रुपैयाँ लागतमा निर्माण गरिने चिल्ड्रेल पार्कको मूल गेटमा निर्मलाको नाम राखिने भ​एको छ​। छोरीको नाममा चिल्ड्रेल पार्क बन्ने सुरु भएपछि निर्मलाकी आमा र बुबाले खुशी व्यक्त गर्नुभएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्