२०८३ जेठ ३, आइतबार
६:२८:२४ बेलुका
- ADVERTISEMENT -

गाडी बोक्नेको कथा : कोही रुन्थे, कोही लड्थे

प्रकाशित मिति: २०७५ माघ २३, बुधबार

1263
Shares

हेटौँडा, माघ २३ गते । दन्त्य कथा जस्तै लाग्न सक्छ कतिपयलाई जुक्तबहादुर वाइबाको जीवन, कुनै बेला उहाँले गाडी बोकेर भीमफेदीबाट थानकोटसम्म पु¥याए वापत सुरुमा ज्याला जम्मा नौ रुपियाँ पाउनुहुन्थ्यो । काम गर्दै जाँदा २६ रुपियाँसम्म ज्याला लिनुभएका वाइबा सम्झँदै भन्नुहुन्छ, ‘‘त्यसताका सुन प्रतितोला ५० रुपियाँ र चाँदी प्रतितोला एक रुपियाँ थियो ।’’

जीवनभर ७० वटा गाडी बोक्नु भएका वाइबा भन्नुहुन्छ, ‘‘बल हुनेलाई गाडी बोक्न पाउनु त राम्रै हो तर बल नहुने रुन्थे पनि, कति त लड्थे पनि ।’’ त्यसबेला तराई र काठमाडौँ जोड्ने मोटरबाटो बनेको थिएन । भीमफेदीसम्म गाडी गुडाएर ल्याउँथे, मोटर बाटो नभएकाले भरिया लगाएर थानकोटसम्म पु¥याइन्थ्यो ।

१६ वर्षको उमेरमा गाडी बोक्ने काम थाल्नुभएका वाइबाले ३० वर्षको उमेर पुगेपछि मात्र गाडी चढ्नुभयो । गाडी बोक्ने काम गर्दा नाइकेले दिएको पैसाले नधानेर घरबाटै सामल बोकेर खानुपर्ने बाध्यता परेको पनि उहाँ यतिखेर सम्झनुह्ुन्छ ।
मकवानपुरको थाहा नगरपालिका–५ स्थित तस्सरका बासिन्दा वाइबाको बाइरोडको बाटो भनिने त्रिभुवन राजपथ निर्माण भएसँगै २००८ सालबाट गाडी बोक्ने काममा पूर्ण विराम लाग्योे ।

रामायणका श्लोक कण्ठस्थ पार्नुभएका वाइबाले गाउँमा नै महिनामा एक रुपियाँ दिएर गुरुबाट शिक्षा लिनुभएको थियो । त्यतिबेलाको शिक्षाबारे उहाँले अगाडि भन्नुभयो, ‘‘गाउँमा विद्यालय थिएनन्, राजाका छोरालाई ठूलो ठाउँमा लगेर पढाउँथे, सामान्य नागरिकका छोराछोरीको गुरुबाट एउटा किताव पढेपछि पढाइ सकिन्थ्यो ।’’
आकार र तौलअनुसार एउटा गाडीलाई २५ देखि ९६ जनासम्मले बोकेर भीमफेदीसम्म पु¥याउँथे । अगाडि गाडी तान्नेहरु गाडीको आकार र तौलअनुसार २५ देखि ३२ जनासम्म हुन्थे भने बीच र अन्तिममा नोल लगाएर गाडी बोकिन्थ्यो ।

‘‘गाडी बोक्न १७ हातका सत्तरी दुईवटा राखेर काठै काठ प्रयोग गरी किला ठोकी डोरीले बाँधेर बोन्नुपथ्र्यो’’ ९२ वर्षीय वाइबाले भन्नुभयो, ‘‘भीमफेदीमा नाइके बस्थे, नाइकेले मोटर आयो लिन आउँ भन्थ्यो, अनि हामी जान्थ्यांै, कोही गाडी ३२ जनासम्मले अगाडिबाट तानेर थानकोट पु¥याउँथ्यौं ।’’

त्यति बेलाका गाडी अहिलेका ट्याक्सी जस्तै हुन्थे, कुनै गाडी पाँच दिनमै पु¥याइन्थ्यो, गह्रुङ्गो गाडी पु¥याउन एक महिना पनि लाग्ने गरेको सम्झँदै वाइबाले खोला, अफ्ठ्यारो र साँघुरो बाटोमा गीत गाउँदै गाडी बोक्दाको सकस विर्सने गरेकोे बताउनुभयो ।

भीमफेदीबाट चिसापानी गढी, मार्खु, चितलाङ हुँदै केही गाडी सिङ्गै बोकिन्थ्यो भने कुनैको चक्का र बम्पर झिकेर भरियालाई बोकाइ थानकोटमा पु¥याएर नाइकेलाई जिम्मा लगाइन्थ्यो । कोही कसैले रोपवेबाट पनि गाडी काठमाडौँ लैजान्थे । शुरु शुरुमा गाडी बोक्दा कष्ट नै भयो, अनुभवसँगै सहज बन्दै गयो, पैसा नि पाइने, रमाइलो पनि हुने– त्यतिबेला गाडी बोक्दाको अनुभव सुनाउँदै वाइबाले भन्नुभयो ।
पहिले कहाँ जानेभन्दा नेपाल भनिन्थ्यो काठमाडौँ भनिँदैनथ्यो, पहिले र अहिलेको काठमाडौँमा धैर फरक भएको उहाँले सुनाउनुभयो । कामका लागि कि त चितवनमा तोरी बोक्न जानुपथ्र्यो । होइन भने गाडी बोक्नुको बिकल्प नभएको बताउँदै उहाँले गाडी बोक्नेहरू आफ्नै गाउँका ३०–४० जना र मार्खु, ठूलो फाखेल, चितलाङ लगायतका स्थानको रहेको बताउनुभयो ।

जन्मेपछि मर्नु पर्छ, अर्काको हानी नोक्सानी नहोस्, नगरिदिउँ भन्ने लाग्छ वाइवालाई अहिले पनि । गत भदौबाट विरामी पर्नु भएका वाइबालाई अहिले खान मन लाग्दैन, हिंडडुल गर्नपनि समस्या छ । उहाँ भन्नुहुन्छ, ‘‘पहिले चरा उडे झैँ उडिन्थ्यो, अहिले बल छैन, बसिरहने हो, केही गर्नु छैन, आशै टुटी सक्यो ।’’

गाडी बोक्न छाडेपछि १२ जना नाति नातिनाका हजुर बा वाइबाले जीविकाका लागि गाउँमा नै घट्ट स्थापना गरेर चलाउँदै आउनुभएको छ ।
भदौसम्म घट्टमा वाइबाले आफँै भारी उचाल्ने गरेको बताउँदै नाती पर्ने मङ्गलबहादुरले भन्नुभयो, ‘‘अब त नसक्ने हुनुभयो ।’’
वाइबा उपचारका लागि हाल काठमाडौंमा हुनुहुन्छ । उहाँले वीर अस्पतालमा उपचार गराइरहनुभएको छ । उपचारका लागि काठमाडौँको भाडाको कोठामा बस्दा जुक्तबहादुरलाई काठमाडौँ एकलाश र एकान्त लागेको छ, घर फर्कने हतारो पनि छ, अनि नातिसँग प्रश्न गर्नु हुन्छ– हामी कहिले गाउँ फर्कने ?

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -