काठडमाडौं, माघ २२ । साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन्।
इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरिएका हरिशरण खड्कालाई दुबई प्रहरीले केही दिनअघि पक्राउ गरेको हो ।
खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।
काभ्रेपलान्चोकका स्थायी बासिन्ददा खड्का लामो समय दुबईमै रहेर नेपालतर्फ सुन तस्करीमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
वैदेशिक रोजगारीका क्रममा करिब १२ वर्षदेखि दुबईमै रहँदै आएका खड्का केही वर्षयता सुन तस्करीमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
खड्कालाई कानूनी प्रकृया मिलाएर नेपाल ल्याउने तयारी गरिएको छ।