२०८३ जेठ ५, मंगलबार
३:०४:५० राति
- ADVERTISEMENT -

विश्व क्यान्सर दिवस मनाइँदै

प्रकाशित मिति: २०७५ माघ २१, सोमबार

1749
Shares

काठमाडौ, माघ २१ गते । पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताउनुभयो । पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिदै उहाँले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताउनुभयो ।

पहिले–पहिले ‘क्यान्सर नो एनसर’ भन्ने चलन थियो, डा बरालले भन्नुभयो, “अहिले क्यान्सर रोग लागेका धेरै बिरामीले क्यान्सरलाई जितेर सहज जिवनयापन गरीरहनुभएको छ ।”

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा। ऋषिकेश नारायण श्रेष्ठले नेपालमा क्यान्सर रोग भयावह स्थितिमा देखा परीरहेको बताउनुभयो । क्यान्सरको रोकथामका लागि नेपालमा राज्य र व्यक्ति दुवैको उत्तिकै भूमिका रहे पनि त्यो भूमीका निर्वाह गर्न नसकेको बताउनुभयो । सरकारले क्यान्सर सम्बन्धी नीति ल्याउनुपर्ने भन्दै उहाँले क्यान्सर लागेकालाई एक लाख रुपियाँ दिएर क्यान्सर न्युनीकरण गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

नेपालमा क्यान्सर सम्बन्धी उपचार हुने सबै अस्पतालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सर बढीरहेको जानकारी दिदै क्यान्सर रोग विशेषज्ञ डा। श्रेष्ठले क्यान्सरलाई रोकथाम गर्न राज्यको पहिलो प्राथमिकता हुने बताउनुभयो ।
अहिले नेपालमा प्रमुख क्यान्सरको रुपमा फोक्सो देखिएको छ । नेपालमा फोक्सो, पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुन्छ । त्यसमा पनि महिलामा पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी छ । भक्तपुर क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार गत वर्ष बहिरङ्ग सेवा ओपीडी०मा ७७ हजार बिरामी आएका मध्ये तीनहजार चारसय १२ जनामा क्यान्सर देखिएको थियो ।

अस्पतालका निर्देशक डा। श्रेष्ठले २० जनासम्म नयाँ रोगी पत्ता लाग्ने गरेको बताउनुभयो । उहाँले हप्तामा तीनदेखि पाँच जना क्यान्सरका बिरामीको अस्पतालमा मृत्यु हुने गरेको छ । नेपालमा वर्सेनि ४० हजार नयाँ क्यान्सर रोगी थपिने चिकित्सकहरूको अनुमान छ । World-
तर ती मध्ये मुस्किलले १० प्रतिशत मात्र उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन् । क्यान्सर रोग विशेषज्ञ डा।सुदीप श्रेष्ठले क्यान्सरलाई रोक्न जनचेतना बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले अहिले पनि चेतनाको अभाव र गरिवीका कारण ९० प्रतिशत क्यान्सर रोगी अस्पतालसम्म आउन नसकेको उहाँको भनाई छ ।

नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार क्यान्सर रोगी छन् । विश्व स्वास्थ संगठनका अनुसार विश्वमा नसर्ने रोगको प्रकोप बढीरहेको छ ।
नसर्ने रोगमा क्यान्सर, मुटुरोग, मृगौला रोग, मधूमेह, उच्च रक्तचाप प्रमुख हुन् । यी रोग खानपान, रहनसहन, जीवनशैली र वातावरणका कारणले हुन्छ ।
श्रेष्ठले क्यान्सर रोग विकशित मुलुकबाट अविकशित मुलुकमा देखा पर्दै गएको बताउनुभयो ।
चिकित्सकले धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग नै क्यान्सर रोगको प्रमुख कारण रहेको बताउँदै आएका छन् । क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठले सूर्तिजन्य पदार्थको सेवनबाट टाढा रहेमा क्यान्सरबाट हुने एकतिहाइ मृत्युलाई रोक्न सकिने बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले करिब ४५ प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने, एक तिहाइ क्यान्सर उपचारबाट निको बनाउन सकिने र बाँकी बिरामीलाई पनि उपचारबाट आरामदायी आयु लम्ब्याउन सकिने जनाएको छ । तर यसका लागि समाजका सबै वर्गलाई परिचालन गरी क्यान्सर नियन्त्रणका प्रभावकारी उपाय अपनाउन आवश्यक छ ।
श्रेष्ठले मानव शरिरमा करोडौं साना साना कोषिका हुने बताउनुभयो । तीमध्ये कतिपय कोष दैनिक मर्ने र नयाँ बन्ने गर्दछन् । यसरी प्रत्येक दिन बन्ने नयाँ कोषिका मानिसको जीनद्वारा नियन्त्रित हुन्छन् ।

तर प्रतिकूल अवस्थामा यिनै कोषिकाको बृद्धि असामान्य हुन पुग्छ । यस्ता कोषिका बिस्तारै साना साना गिर्खा ९ट्यूमर० को रुपमा परिणत हुन्छन् । यस्ता गिर्खा दुई प्रकारका हुन्छन् । शरीरलाई हानी गर्ने र नगर्ने । शरिरलाई हानी पु¥याउने गिर्खा एक स्थानबाट अर्को स्थानमा सर्ने गर्दछन् । यिनै शरीरलाई हानी गर्ने गिर्खालाई नै क्यान्सर भनिन्छ ।
विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूम्रपान, सूर्ति, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ । १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक कारणले हुन्छ । यसका साथै विकिरण, ब्यवसायीक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, बंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारणका रुपमा लिइएको छ ।
क्यान्सरका लक्षणहरूमा स्वर परिवर्तन हुनु, दुब्लाउदै जानु, शरीरमा गाँठागुठी वा गिर्खा देखिनु, भोक नलाग्नु, कोठी वा मुसाको आकार देखापर्नु, धकाई बढी लाग्नु , लामो समयसम्म घाउ निको नहुनु, लगातार खोकी लाग्नु, महिनावारी हंँदा रगत बढी जानु जस्ता लक्षण क्यान्सर रोगका लक्षण हुन् ।

नेपाल अवुूद रोग निवारण सस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले धूम्रपान त्याग्ने, जीवनशैली परिवर्तन, सन्तुलित खानपान र शारिरीक ब्यायाम भएमा क्यान्सरबाट बच्न सकिने बताउनुभयो ।
यसैबीच सोमबार विश्व क्यान्सर दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । म हुँ र म गर्छु भन्ने मुल नाराकासाथ यो वर्षको विश्व क्यान्सर दिवस मनाउन लागिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -