२०८३ जेठ ३, आइतबार
५:४२:०८ बेलुका
- ADVERTISEMENT -

दाङमा फेला पर्यो हतियार बनाउने कारखाना, ठुलो मात्रामा हातहतियार बरामद

प्रकाशित मिति: २०७५ माघ २१, सोमबार

1385
Shares

दाङ, २१ माघ २०७५ । दाङमा प्रहरीले हतियार बनाउने कारखाना फेला पारेको छ । प्रहरीले कारखानाबाट ठुलो मात्रामा हतियारसमेत बरामद गरेको छ ।

राजपुर गाउँपालिका, ७ भौवानाकास्थित कारखानामा छापा मारेर प्रहरीले हतियार बरामद गर्नुका साथै हतियार बनाउने ५९ वर्षीय जितबहादुर बुढालाई जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको हो ।

कारखानाबाट भरुवा बन्दुक ५ थान, एयरगन राइफल ३ थान, १२ बोरको राइफल १ थान, कटुवा पेस्तोल १ थान, ठुलो हतियारको नाल २९ थान र सानो हतियारको नाल १२ थान बरामद भएको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

बुढालाई मूलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरेर कारवाही अघि बढाइएको पाण्डेले बताउनु भयो ।

‘द्वन्दकालमा नै बुढाले हतियार बनाउने गरेका रहेछन् । शान्ति प्रक्रियापछि केही समय काम रोकेका उनले तीन वर्ष अघिदेखि फेरि हतियार बनाउन थालेको अनुसन्धानबाट देखियो,’ एसपी पाण्डेले भन्नुभयो, ‘भारतको गब्बापुर र नेपालका केही व्यक्तिका लागि बन्दुक निर्माण गरिदिएको बुढाले स्वीकार गरेका छन् । थप अनुसन्धान गरेर हतियार लैजाने व्यक्तिहरुलाई नियन्त्रणमा लिनेछौं ।’

सोही ठाउँका ३८ वर्षीय रुद्रमणि घर्तीलाई पनि एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । हतियार बनाउने बुढाकै कारखानाबाट ३ वर्ष पहिले १० हजारमा किनेको भरुवा बन्दुकसहित घर्तीलाई पक्राउ गरिएको पाण्डेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -