२०८३ जेठ ५, मंगलबार
४:०९:२२ बिहान
- ADVERTISEMENT -

जापानमा मनाइयो ‘सोनाम ल्होछार’ : रकम क्यान्सर पीडितलाई सहयोग गरिने

प्रकाशित मिति: २०७५ माघ २०, आइतबार

882
Shares

जापान, २० माघ २०७५ । नेपाल तामाङ सोसाइटी जापान नागोयाले २८ सय ५५औं ‘सोनाम फा ल्होछार’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमबाट उठेको केही रकम क्यान्सर पीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूले कार्यक्रमको प्रमुख अतिथि ग्रहण गरेका थिए । अहिलेको सरकारले जनजातिहरुलाई भेदभाव गरेको र जनजातिहरुको राष्ट्रिय पर्वमा समेत बिदा कटौती गरेको प्रति आदिवासी जनजाति महासंघ जापानले पनि त्यसको विरोध गरेको उनको भनाइ छ ।

कार्यक्रमका विशेष अतिथिमा पूर्व–अध्यक्ष एनआरएनए जापान तथा एसिया प्यासिफिकका उप–संयोजक पारसमणि पोख्रेलले पनि आफ्नो १५ वर्षे जापानको अनुभव सुनाए । त्यसैगरी, कार्यक्रमका अतिथिका रूपमा युवा संचारकर्मी राम तामाङको पनि उपस्थिति थियो ।

स्वागतस्वरुप पेमा तामाङ र समिर तामाङले तामाङ सेलो गाएर सांस्कृतिक कार्यक्रमको सुरुवात गरेका थिए । यसैगरी, कलाकारहरू छवि लामा, सम्झना लामा, मार्संग लामा, शान्ति लामा र जनक थोकर लागायतका कलाकारहरुको बेजोड प्रस्तुति दिएका थिए ।

साथै तामाङ सोसाइटी जापान नागोयाले आयोजना गरेको ‘सोनाम ल्होछार’ स्पेसल फोटो प्रतियोगितामा विजेता बन्न सफल भएकी सिरिशा लामालाई पनि उपहारस्वरूप नगद रु। १० हजार (दश हजार) जापानी ऐन प्रदान गरिएको थियो ।

सिरिशाले अन्य ४५ जना प्रतिस्पर्धीलाई पछि पार्दै फोटोमा ४२ हजार लाइक र ३५ हजार ४०० सेयर बनाउन सफल भइन् । तामाङ सोसाइटी जापान नागोयाको अध्यक्ष संजय मेंदोलाको सभाध्यक्षमा कार्यक्रम सम्पन्न गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -