- ADVERTISEMENT -

माघ १९ तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिएको दिन

February 2, 2019
2580
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, माघ १९ । आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिएको दिन । माघ १९ को दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ ।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेको दिन हो । आफैंले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै ज्ञानेन्द्र शाहले आफ्नो अध्यक्षतामा मन्त्रीपरिषद् गठनको गरेका थिए । त्यस लगत्तै राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

त्यही बेला सशस्त्र विद्रोह गरिरहेको तत्कालीन माओवादी, शान्तिपूर्ण आन्दोलन गरिरहेका ७ राजनीतिक दल र नागरिक समाजले त्यहि वर्षको फागुन अन्तिम हप्तादेखि शुरु गरेको दोश्रो जनआन्दोलनको बलमा ज्ञानेन्द्र आफूले हत्याएको कार्यकारी अधिकार संसदलाई बुझाउन बाध्य भएका थिए ।

त्यसपछि बनेको अन्तरिम व्यवस्थापीका संसदले २ सय ४० वर्षको इतिहास भएको राजतन्त्रलाई अन्त्य गरेको थियो । त्यसपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचनाको अभ्यासमा जुटेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -