१९ माघ २०७५

मानिसमा सकरात्मक सोच राखे के हुदैन् । देशको राजधानी काठमाडौंको सडकमा हामी जहा पायो त्यही फोहोर फाल्छौं र विभिन्न निकायलाई गाली गर्छौं । तर आफैमा केही सकरात्मक सोचमात्रै राख्ने हो भने आफै आफ्नो गाउ ठाउ सफा राख्न सक्छौं ।

विश्वकप फुटबलका बेला हामी जापानीहरुले खेल पश्चात आफु बसेको रंगशाला सफाई गरेको सुनेका र देखेका थियौं । यस्तै उदाहरण पेश गरेका छन् नेपाली क्रिकेट फ्यानहरुले, नेपालमा होइनमा विदेशमा ।

दुवईमा भईरहेको युएईविरुद्धको दोस्रो टि–ट्वान्टी खेलमा नेपाल ४ विकेटको रोमाञ्चक जित निकाल्यो । शुक्रबार दुवईमा साप्तहिक विदाको दिन । ठुलो सख्यामा नेपाली क्रिकेट हेर्न आएका थिए । घरेलु मैदान जस्तै थियो नेपाली टोलीलाई । त्यसैले ४६ रनमा पाच विकेट गुमाउदा पनि दर्शकको साथले खेल जित्न सक्यो ।

त्यहा रहेका सबैको हौसलामा खेलाडीले खेल जिते । त्यसपछि त्यो विदेशीभूमिमा सबैको मन जित्ने दर्शकको पालो । उनिहरुले त्यहा रहेका पानीका बोतल, विभिन्न खानेकुरा राखेका प्याकेटहरु उठाएर दर्शक बस्ने ठाउ सफा राखेका थिए । जसको सबैले प्रशंसा गरेका छन् । नेपाली हुनुको पहिचान उनिहरुले विदेशी भूमिमा देखाएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्