काठमाडौं, १७ माघ २०७५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका एक कर्मचारीलाई पाँच लाख घुससहित प्रक्राउ गरेको छ ।
अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेलाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । सवारी ज्यान मुद्दा सहज गराइदिने आश्वासनमा चालिसेले एक सेवाग्राहीसग घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलाई वन परिसर बबरमहलबाट पक्राउ गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।