काठमाडौं,१७ माघ २०७५ । पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच भोली पार्टी एकीकरण हुने भएको छ।
आज दिउँसो राप्रपा प्रजातान्त्रिकको पार्टी कार्यालय चावहिलमा दुबै पार्टीको केन्द्रीय पदाधिकारीको संयुक्त बैठक बस्ने र सोही बैठकमा दुबै अध्यक्षले पार्टी एकतामा हस्ताक्षर गर्ने कार्यक्रम छ।
‘सबै नेताहरुको उपस्थितिमा दुबै अध्यक्षले पार्टी एकताको सहमतिमा हस्ताक्षर हुनेछ।’ दुई पार्टीबीच भोली काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा हुने भएको छ।
स्रोतका अनुसार एकीकृत पार्टीमा राणा र लोहनी दुबै अध्यक्ष रहनेछन् । कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई पार्टी एक हुन लागेको हो ।