बिरगंज, १६ माघ २०७५ । ओली सरकार विरुद्ध चर्का नारा लगाउदै नेपाल विद्यार्थी संघ(नेविसंघ) पर्साका नेता कार्यकर्ताले बुधबार बेलुका बिरगंजमा मसाल जुलुस सहित प्रदर्शन गरेका छन् । नेविसंघ पर्साका अध्यक्ष विश्वास रन्जन दिवेद्वीको नेतृत्वमा वीरगन्जको घण्टाघार चोकबाट निकालिएको मशाल जुलश नगर परिक्रमा गरेको हो ।
मुलुकमा बढ्दै गएको हत्या, हिन्सा, बलात्कार, भ्रष्टाचार, महँगीलाई रोक्न वर्तमान सरकार असक्षमा सावित हुँदै गएको र चिकित्सा शिक्षा विधेकमार्फ ओली सरकराले शिक्षा माफियाहरुलाई फाइदा पुर्याएको विरोधमा मसाल जुलुस निकालिएको अध्यक्ष दिवेद्वीले जानकारी दिनुभयो । उहाले आम नेपाली जनताको सन्तानको भविष्यका लागि सत्याग्रह गरि रहेका डां गोविन्द केर्सीसंग गरेका सहमतिलाई समेत सरकारले उलंघन गरी उनको प्रणसंग खेलवाड गरेकाले सोको विरोधमा पनि आफुहरुको जुलुस रहेको बताउनु भयो ।
मुलकमा बढ्दै गएको बलात्कारका घटनाले नेपाली छोरी चेरीहरुलाई असुरक्षित बनाएको र बलात्कारीहरुलाई सरकारले नै संरक्षण दिइ सुरक्षा व्यवस्थालाई कमजोर बनाएकोले नेपाली दिदी बिहनीहरुको सुरक्षाकालागि समेत आफुहरुको संर्घष रहेको नेविसंघका नेता कार्यकर्ताहले बताएका छन् ।
मसाल जुलुसलाई रोकन स्थानिय प्रशासनले वीरगन्जका मुख्य चोकहरुको उलेख्य संख्यामा सुरक्षाकर्मी परिचालित गरेको थियो । मसाल जुलुस निकालेका विद्यार्थीहरुको हातबाट प्रहरीले मशाल खोसन खोज्दा केही वेर समान्य झडप समेत भएको थियो ।