२०८३ वैशाख २८, सोमबार
९:०६:१६ बिहान
- ADVERTISEMENT -

शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता : मुख्यमन्त्री डोरमणि पौडेल

प्रकाशित मिति: २०७५ माघ १६, बुधबार

930
Shares

हेटौँडा, १६ माघ २०७५ । मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताउनुभएको छ ।

शहीद दिवसको दिन सार्वजनिक विदा दिएर चर्चामा आउनु भएका उहाले शहीदको सम्मानमा प्रदेशले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाले आफूलाई मुख्यमन्त्री पद छाड्न पर्दा गाह्रो नहुने तर, हेटौंडा–११ मा अवस्थित शहीद स्मारक विकास समितिको अध्यक्ष पद छाड्न नसक्ने स्पष्ट पार्नुभयो । प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले निरङ्कुश व्यवस्था स्वीकार गरेर माफी माग्नुभन्दा प्रजातन्त्रका लागि हाँसीहाँसी जीवन त्याग गर्ने शहीदको योगदान अमूल्य भएकाले सम्मान गरिनुपर्ने उल्लेख गर्नुभयो ।

हेटौँडाको चर्चित शहीद स्मारकका संस्थापकसमेत रहनुभएका पौडेलले नेपाल निर्माण अभियान तथा नेपाल अङ्ग्रेज युद्धमा योगदान दिने भक्ति थापा एवं विभिन्न समयमा शहीद भएकाप्रति सम्मान व्यक्त गर्न स्मारक स्थापना गरिएको स्मरण गर्दै आज आफू मुख्यमन्त्री हुँदासमेत स्मारक व्यवस्थापनको जिम्मेवारी छाड्न मन नलागेको बताउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले नेपालमा स्वतन्त्रता, स्वाधिनता र प्रजातन्त्रको माग राखी आफ्नो जीवन नै अर्पण गर्ने शहीदको त्याग, तपस्या र बलिदानको सदैव स्मरण र सम्मान गरिनुपर्ने बताउनुभयो । जहाँनिया राणा शासनदेखि संविधान निर्माण प्रक्रियासम्मका हरेक आन्दोलनमा शहीदले आफ्नो रगत बगाएर देशमा गणतन्त्र स्थापना भएको र राजनीतिक आन्दोलन समाप्त भएकाले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेश योजना आयोगका सदस्य, प्रदेश सांसद, नेपाली सेनाका मध्यपृतनापति, प्रदेश प्रहरी प्रमुख तथा प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा शहीदको प्रतिमामा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरेर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -