२०८३ वैशाख ६, आइतबार
११:१६:०५ राति
- ADVERTISEMENT -

ललितपुर नापी : कागजमा पोको पारेर यसरी लिन्छन घूस

प्रकाशित मिति: २०७५ माघ १५, मंगलबार

1231
Shares

काठमाडौं, १५ माघ २०७५ । एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे। उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए। कर्मचारीले हतारहतार गोजीमा पैसा हाले। कालो ज्याकेट लगाएका ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले। पैसा दिने युवक कार्यालयको पछिल्तीरको झ्यालमा गएर उभिए। आइतबार दिउँसो १स्१६ बजे। ललितपुर, नापी कार्यालयको प्राविधिक फाँट अन्तरगत कोठा नम्बर ५ को दृश्य हो यो।

दिउँसो १स्३५ बजे। मालपोत कार्यालयको प्रतिक्षालयमा ३ जना गफिइरहेका थिए। उनीहरुमध्ये एक युवकले भने, ‘तपाईंको कामका लागि ४ हजार लाग्छ।’ जग्गा नामसारी गर्न आएका ती सेवाग्राहीले भने, ‘त्यत्रो पैसा त दिन सकिन्नँ। अलि मिलाएर गर्नुस् न।’ ती युवकले भने, ‘कर्मचारीदेखि सबैलाई मिलाएर काम गराउनु पर्छ। ४ हजार त लागिहाल्छ दाइ।’ झण्डै १५ मिनेटको गलफदीपछि उनीहरुले तीन हजारमा कुरा मिलाए। युवक फाइल बोकेर कार्यालयभित्र पसे। सेवाग्राही बाहिर उभिएर सँगैका साथीलाई भने, ‘एकछिनको कामलाई त्यत्रो पैसा १ भ्रष्टचारले जुलुम बनायो देशलाई।’

मालपोत र नापि कार्यालयसँगै जोडिएको छ। कार्यालय सुधारका प्रयास नभएका होइनन्। आफ्नै भवनमा सञ्चालित कार्यालय अपांगमैत्री छ। ह्वील चियर गुडाएरै सेवा लिन मिल्छ। नागरिक वडापत्र प्रष्ट देखिने ठाउँमा टाँसिएको छ। कार्यालयसम्बन्धी सुचनाहरु परिसर वरपर जताततै टाँसिएका छन्।

तपाईंको कामका लागि ४ हजार लाग्छ।’ जग्गा नामसारी गर्न आएका ती सेवाग्राहीले भने, ‘त्यत्रो पैसा त दिन सकिन्नँ। अलि मिलाएर गर्नुस् न।’ ती युवकले भने, ‘कर्मचारीदेखि सबैलाई मिलाएर काम गराउनु पर्छ। ४ हजार त लागिहाल्छ दाइ।’

नापि विभागमा कम्प्युटरको मोनिटर सेवाग्राहीले पनि देख्ने गरि राखिएको छ। भित्तामा जताततै देख्न सकिन्छ, ‘अशक्तलाई सहयोग गरौं।’ ‘नियम संगत काम आजको आजै हुन्छ।’ ‘हामी भ्रष्टचार विरोधी हौं।’ ‘आशा छ हाम्रो कामबाट यहाँहरु सन्तुष्ट हुनुहुन्छ।’ ‘मोलपोत कार्यालय तपाईं हाम्रो आफ्नै कार्यालय हो। यसलाई सबैले माया गरौं।’
कार्यालयभित्र सेवाग्राही बस्न बनाइएको प्रतिक्षालय छ। टोकन नम्बरअनुसार सेवाग्राहीले सेवा लिइरहेका छन्। नापि विभागभित्र कर्मचारीको नामावली र कार्यविवरण लेखिएको बोर्ड ढोकामा टाँसिएको छ। छेउमा छ सुझाव पुस्तिका र जनगुनासो पुस्तिका। त्यहाँ सेवाग्राहीले सुझाव लेखेका छन्। प्रायः कर्मचारीले परिचयपत्र भिरेका छन्। घाम ताप्न निस्कने, सेवाग्राहीलाई कुराएर गलफती गरेर बस्ने प्रायः देखिएन।

कार्यालयमा केही सुधारका प्रयास भएका छन्। कर्मचारीको काम गर्ने शैली र प्रवृत्तिबाट भने सेवाग्राही अझै सन्तुष्ट भेटिएनन्। ललितपुर बुङ्मतीका बाबुराजा महर्जन भन्छन्, ‘कोसिस चाँही गरेको देखिन्छ। तर अवस्था उस्तै छ।’

नियम मान्दैनन् लेखापढी व्यवसायी

लेखापढी व्यवसायीले कार्यालय हाताभित्र आफ्नो कार्यालय राख्न नपाउने निर्देशन गत भदौमै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जारी गरेको थियो। लेखापढी व्यवसायीको कार्यालय १५ दिनभित्र बाहिर सार्न निर्देशन समेत गरिएको थियो। तर ५ महिना वित्दासमेत परिसरभित्रै काउन्टर खोलेर कार्यालय सञ्चालन गरिरहेका छन्। मालपोत विभागमा सिसि क्यामेरा राखिएको छैन। तर, लेखापढी व्यवसायीको कार्यालयमा सिसि क्यामेरा जडान गरिएको छ।

मन्त्रालयको निर्देशनमा भनिएको छ– लेखापढी व्यवसायीले अनिर्वाय परिचयपत्र लगाएर कार्यालयको शुरुविन्दुबाट मात्रै प्रवेश गर्न पाइने छ। तर कुनै पनि व्यवसायीले कार्ड भिरेका छैनन्। कार्यालयभित्र कार्ड नभिरेका व्यवसायी छ्याप्छ्याप्ती भेटिन्छन्। कार्यालयको प्रत्येक कार्यकक्षमा फिङ्गर प्रिन्टबाट मात्रै ढोका खुल्ने व्यवस्था गरिएको छ। तर, कर्मचारीभन्दा बाहेकका व्यक्तिहरु पनि कार्याकक्षभित्र आउने–जाने गरिरहन्छन्।

कोही कार्यकक्षभित्रै फर्म भरिरहेका हुन्छन्। कोही कार्यकक्षभित्रैबाट मोलमोलाइ गरिरहेका हुन्छन्। परिचयपत्र नभिर्दा कुन जग्गा दलाल, कुन बिचौलिया, कुन लेखापढी व्यवसायी, कुन सेवाग्राही छुट्याउन मुस्किल पर्छ।

बिचौलीयाको जगजगी

कुनै परिचय नभिरेकी एक युवती मालपोत कार्यालय छिर्ने वित्तिकै बाँया तर्फको कार्याकक्षमा मोबाइलमा बोल्दै पसिन्। उनी भन्दै थिइन्, ‘दिनुस् न हजार, ५ सय। तपाईंको काम भइहाल्छ नि।’ ती युवतीका हातमा दुईवटा नागरिकता थियो। उनी पाँच जना सेवाग्राहीलाई कार्यकक्षबाहिर कुराएर भित्र पसिन्।

उनलाई देख्ने वित्तिकै कर्मचारीले हाँस्दै भने, ‘के छ हौ नानी खबर ? दार्जिलिङबाट के ल्यायौ ? ’ युवतीले मस्किँदै भनिन्, ‘सिङ्गै म आएँ त।’ हाँसे सबैजना। ती कर्मचारीले भने, ‘तिमी त आयौ नि। तिमी नआए कोसँग बोल्नु ? ’ बोल्दाबोल्दै ती कर्मचारी बाहिरिए। युवती कर्मचारीको टेबलमै फर्म भर्न थालिन्। कर्मचारी फर्केर आइपुगे। ‘अलि पर जाउ न नानी। कहाँ नजिक नजिक आको ? ’ उनले हाँस्दै भने। युवतीले हाँस्दै फाइल उठाइन्।

सिन्धुपाल्चोक चौताराका लालबहादुर सुनार जग्गा हालसाविक गराउन १५ दिन धाए। ५ दिन उनी एक्लै धाए। काम बनेन। केही मेलोमेसो पाएनन्। चिया पसलेले उनलाई एकजना विचौलियासँग भेट गराइदिए। ती विचौलिया तीन दिन फाइल बोकेर दौडिए। तर उनको काम बनेन। फेरि अर्का विचौलियासँग उनको भेट भयो। ती विचौलियालाई भेटेको एकहप्तामा बल्ल आइतबार काम बन्यो। खुसी हुँदै उनले भने, ‘कति पैसा लिने हो अब थाहा छैन।’

कार्यालयभित्र÷बाहिर जताततै भेटिन्छन् विचौलियाहरु। उनीहरुको गलामा परिचय देखिँदैन। उनीहरु कोही पैसा गनिरहेका भेटिन्छन्, कोही चेक काटिरहेका। कोही कार्यालयको काम क्षणभरमै गरिदिने भन्दै गफ दिइरहेका हुन्छन्। कार्यालयको गेट नजिकै उभिएर एक महिला भन्दै थिइन्, ‘एउटै जग्गा दशबाह्र पटक किनबेच भएपछि मात्रै फाइदा हुन्छ।’

कार्यालयको पूर्वि कुनामा छ क्यान्टिन। साँघुरो क्यान्टिनमा कमिशन आदानप्रदान हुन्छ। चेक लिनेदिने हुन्छ। जग्गा दलाल र विचौलियाहरु त्यहाँ मोलमोलाइ गरिरहेका भेटिन्छन्।

कार्यालयमा एक वृद्धा घर जग्गा पास गराउन छोरासँग आइन्। कार्यालय परिसरभित्र आएर अलमल परिन्। सोधपुछ कक्षतर्फ पनि गइनन्। कार्यालय परिसरमै अलमल परिरहेको देखेपछि एक हुल मानिस उनीहरुको वरिपरि जम्मा भए। छिटो काम गरिदिने भन्दै आश्वासन दिन थाले। अन्तमा ती वृद्धाले एकजना बिचौलिया रोजिन्। उनले बृद्धाको बुढीऔंला समाएर फटाफाट औंठाछाप लगाइदिए। ति विचौलियाले प्रसन्न हुँदै भने, ‘आजको काम त फत्ते भो।’

रिसाहा कर्मचारी

दिउसो २ः१० बजे। मालपोत कार्यालयको कोठा नम्बर ८ का कर्मचारीले पार्वती खरेल र उनका बुवालाई हकार्दै भने, ‘तपाईंको काम अहिले बन्दैन। बाहिर जानुस्। यहाँ उभिएर डिस्टर्ब नगर्नुस्।’ उनीहरु निरास भएर त्यहीं उभिरहे। एकछिनपछि फेरि अनुनय गर्दै पार्वतीको बुवाले भने, ‘सर कति समय लाग्ला। छोरीको पर्सि फ्लाइट छ।’ कर्मचारीले फेरि झर्किँदै भने, ‘एउटा सही गर्ने होइन। धेरै लेख्नु पर्छ। तपाईं यहाँ कराइरहनु भयो भने झन् गाह्रो हुन्छ। अहिले हुँदैन।’

काम निकै ढिलो हुने भएपछि पार्वती र उनका बुवा नजिकैको मालपोत अधिकृतको कार्यकक्ष छिरे। अधिकृतलाई गुनासो पोखे। अधिकृट उठेर फाँटमा आए। कर्मचारीलाई काम गरिदिन निर्देशन दिए। ती कर्मचारीले अधिकृत बाहिरिएलगत्तै बाउछोरीलाई थर्काउँन थाले। ‘तपाईंको काम हुँदै हुँदैन। उजुरी गरेर मात्रै हुन्छ रु जानुस् माथि हाकिमलाई उजुरी गर्नुस्।’ निरास हुँदै पार्वती कोठाबाट बाहिरिन्। कोठा बाहिर आएर भनिन्, ‘विचौलियालाई अघि नलाएपछि यस्तै हुँदोरहेछ।’

प्रविधिले सास्ती

कार्यालय प्रविधियुक्त बनाउन कोसिस गरिएको छ। तर बेलाबेला इन्टरनेट नचल्दा सेवाग्राहीले झन् सास्ती पाइरहेका छन्। कार्यालयभित्र टोकन प्रणाली छ। नम्बरअनुसार काम भइरहेको छ। तर बेलाबेलामा बिग्रन्छ मेसिन। सर्भरले काम नगर्दा सेवाग्राही दुखी भएका छन्।

एक महिला सेवाग्राही भन्दै थिइन्, ‘मलाई त यो कार्यालय आउनै मन लाग्दैन। यहाँ आयो भने दिन वित्छ।’ फोटो खिच्ने ठाउँमा पटकपटक सर्भर डाउन भइरहन्छ। इन्टरनेटले काम नगरेपछि लाइनमा उभिरहेका एक सेवाग्राहीले रिसाउँदै भने, ‘यो प्रविधिले झन् गाह्रो बनायो।’

कार्यालयमा पोकापन्तुराहरु व्यवस्थित छैनन्। मोठ र रोक्का सम्बन्धि कोठा नं ३ का एक कर्मचारी महत्वपूर्ण फाइल भन्दै त्यसलाई बाक्लो टावेल (रुमाल) ले बाँधेर धराजमा राख्दै थिए। मोठका कागजपत्रहरु पनि व्यवस्थित थिएनन्। फाइलहरु टेबुलभरी छरिएका थिए। कोठा नम्बर १४ उक्लिने ढोकानिर कार्यकक्षमा पाँच-छ जना मानिसहरु झुमिरहेका थिए। एकजना कर्मचारी फोनमा बोलिरहेका थिए। माथि भित्तामा सुचना थियो– ‘कृपया मोबाइलमा गफ बाहिर गएर गर्नु होला।’

कार्यालयमा जनगुनासो पुस्तिकामा

नापी कार्यालय छिर्ने बित्तिकै भर्‍याङ्ग छेउमा ‘जनगुनासो पुस्तिका’ र ‘सुझाब पुस्तिका’ राखिएको छ। जनगुनासो पुस्तिकामा इमाडोलकी मन्दिराले लेखेकी छिन्, ‘कर्मचारीहरु अफिस समय सकिनु अगाडि नै अफिस छाड्ने। ३ बजेपछि जाने।’ बुङ्मतीकी निता लामाले लेखेकी छन्, ‘हामीलाई छिटो समयमा हुने काममा धेरै समय लगाइदिनु भएन। ठिक समयमा ठिक काम गरे कार्यालयको कदर सबैले गर्छन्…’

प्रमुख नापी अधिकृत शुरेश जोशीले एकदुई जना कर्मचारीको मनोमानीले कार्यालयको छबि विगार्न नदिने बताए। उनले भने, ‘सेवाग्राहीसँग झर्किने कर्मचारीलाई सोधपुछ गरेर सम्झाउँछौं। घुस लिने कर्मचारीलाई कारबाही गरिन्छ।’ अन्नपुर्ण पोष्टबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98