काठमाडौं, २०७५ साल माघ १४ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताउनुभएको छ ।

चीन सरकारको सहयोगमा  निर्माण भएको कोटेश्वर कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नकाल गि छिेमकी देशरुबाट बहुआयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गर्नुभएको छ । “नेपाल विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ । यसको म प्रशंशा गर्न चाहन्छु ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको बताउनुभएको छ ।

तिव्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन,कानुन, नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताउनु भयो । “तिव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस । आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला ” उहा भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट पार्नुभएको छ । “हाम्रो सम्बन्ध प्राचिनकाल देखि हो । प्राकृतिक रुपमा हो । साँस्कृतिक रुपमा पनि हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

नेपालका लागि चीनका राजदुत हु यांकी (Hou yanqi ) ले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गर्नुभयो ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्