२०८२ चैत २८, शनिबार
११:३३:२३ बिहान
- ADVERTISEMENT -

साठी वर्षदेखि समाचार लेखनमै समर्पित पत्रकार, ८० बर्षको उमेरमा पनि समाचारकै भोक

प्रकाशित मिति: २०७५ माघ १४, सोमबार

851
Shares

जिल्लामा हुने धेरै कार्यक्रममा पत्रकार दीर्घामा हरहमेशा एक वृद्ध व्यक्तिलाई देख्न सकिन्छ । झण्डै ८० वर्षको उमेरमा पनि यहाँका एक पत्रकार अनवरत समाचार खोज्ने र लेख्ने आफ्नो कर्ममा व्यस्त हुनुहुन्छ । उहाँ हुनुहुन्छ, गणशेखर शर्मा ।

भरतपुर महानगरपालिका–१२ निवासी शर्मा वि।सं १९९६ साल साउन १२ गते काठमाडौँको इन्द्रचोकमा जन्मनु भएको हो । वि सं २०१७ सालमा २१ वर्षको उमेरमा कोहिनूर साप्ताहिकबाट आफ्नो पत्रकारिता शुरु गर्नुभएका शर्माले ३६ वर्ष राष्ट्रिय समाचार समिति (रासस) मा सेवा गर्नुभयो ।

राससबाट सेवानिवृत्त भएपछि साप्ताहिक चितवनको सम्पादकको रूपमा उहाँ कार्यरत हुनुहुन्छ । बोलाएका अधिकाँश कार्यक्रममा आफैँ उपस्थित भएर समाचार तयार गर्ने र सम्पादन गर्ने काम उहाँले अनवरत रुपमा गर्दै आउनुभएको छ ।

वि संं २०१८ सालमा चितवन बसाइँ सरेर दुई वर्ष उहाँले चितवन मा वि मा शिक्षकको रूपमा समेत काम गर्नुभयो । त्यससँगै, वि सं २०२३ मङ्सिरमा राससको स्ट्रिङ्गरको रूपमा उहाँले काम थाल्नुभयो । विगत सम्झँदै शर्माले भन्नुभयो, “एउटा समाचारको तीन रुपैयाँ पाइन्थ्यो । खोजी समाचार भए सात रुपैयाँ र राजपरिवारको भए १५ रुपैयाँ पाइन्थ्यो ।” तत्कालीन अध्यक्ष एवं महाप्रबन्धक गोविन्दप्रसाद प्रधानले आफूलाई नियुक्ति दिएको उहाँलाई सम्झना छ ।

पछि वि सं २०३२ मा पाँचौँ तहमा स्थायी हुनुभएका शर्मा भन्नुहुन्छ, “भरतपुर कार्यालयलाई अञ्चल कार्यालय बनाई मलाई कायममुकायम प्रमुखको जिम्मेवारी दिइएको थियो ।” शर्माले समाचार मात्र होइन स्थानीय तहसँग जग्गा मागेर स्रोत जुटाई राससको जिल्ला कार्यालय भवन पनि निर्माण गर्नुभयो । त्यतिबेला जिल्ला विकास समितिले सबैलाई जग्गा भोगचलनका लागि दिएको भए पनि राससको आफ्नै लालपुर्जा रहेको छ ।

वि सं २०५९ सालमा ५८ वर्ष पुगेपछि अनिवार्य अवकाश लिनुभएका शर्मा त्यसपछि आफ्नै चितवन साप्ताहिकमा व्यस्त हुनुहुन्छ । पत्रकारिता जीवनमा सम्मान र पुरस्कारसँगै शाही सरकारको विरुद्धमा लागेका कारण शर्मालाई काराबास बस्नुपर्ने बाध्यता पनि आइलागेको थियो । शर्माले विगत सम्झँदै भन्नुभयो – “नारायणगढको क्याम्पाचौरमा जनमत सङ्ग्रहका बेला विश्वेश्वर, मनमोहन र गणेशमान आउनुभयो । त्यो समाचार राससमा पठाएपछि ८५ दिन वीरगञ्ज कारागारमा बसेँ ।”

शर्माको भनाइमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले त्यो समाचार नपठाउनु भनेका थिए । कर्तव्य सम्झेर शर्माले समाचार पठाउनुभयो । त्यसलगत्तै उहाँलाई पक्राउ गरी छ महिने पूर्जी थमाएर वीरगञ्ज लगियो । संयोगवश उहाँले शुरुमा काम गरेको कोहिनूर पत्रिकाका सञ्चालक कृष्णमान श्रेष्ठ अञ्चलाधीश रहेछन् ।

शर्माले थप्नुभयो, “अब गल्ती नगर्ने कागज गरी घर जाऊ भनियो, मैले मानिनँ । त्यसपछि कागजै नगरी सम्झाएर ८५ दिनमा मलाई घर फर्काए ।” श्रेष्ठ परिवारसँग राम्रो सम्बन्ध रहेकाले श्रेष्ठ पत्नीले पनि आफूलाई सम्झाएको तर, आफूले कर्तव्य पूरा गरेको जवाफ दिएको उहाँले बताउनुभयो ।

त्यसको डेढ वर्ष पछि भरतपुरको एक होटलमा पञ्चायत विरोधी पर्चा पढ्दै गर्दा पक्राउ परी एक महिना कारागार बसेको शर्मा बताउनुहुन्छ । सरकारको स्थायी कर्मचारी भए पनि आफू राससबाट कारवाहीमा नपरेको उहाँ बताउनुहुन्छ ।

शर्माका अनुसार आफू जिल्लामा पत्रकार भएको १७ वर्षपछि मात्र अरुले व्यावसायिक पत्रकारिता शुरु गरेका हुन् । शर्माले जीवनमा सङ्घर्ष, पीडा, दुःख मात्र होइन मानसम्मान र इज्जत पनि पाउनुभयो । जतिबेला उहाँ एक्लो पत्रकार हुनुहुन्थ्यो, त्यसको प्रभाव सिङ्गो जिल्लामा थियो ।

आफ्नो जीवनमा सरकारको वरिष्ठ पत्रकार सम्मानबाट रु दुई लाखको ताम्रपत्र सहितको पुरस्कार, रु ५१ हजार १ सय ५१ को मैयाँदेवी राष्ट्रिय पत्रकारिता पुरस्कार, रु २५ हजार १ सय २५ को सूर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासङ्घको सम्मान, पत्रकार महासङ्घ जिल्ला शाखा चितवनको तीलचन साँखी पुरस्कारसहित राससको विभिन्न सम्मान तथा पुरस्कारबाट उहाँ सम्मानित भइसक्नुभएको छ ।

यससँगै रेडक्रस लगायतका सामाजिक संस्थाबाट पनि उहाँ सम्मानित हुनुभएको छ । शर्मा यो उमेरसम्म समाचार सङ्कलनमा खटिनु वाध्यता नभएर रहर र नशा भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो – “बोलाएपछि जाउँजाउँ लाग्छ । मलाई नशा नै भयो । भए घरको गाडी नभए भाडाको साधन खोजेर समाचार सङ्कलनमा जाने गर्छु ।”

शर्माले दुःखेसो पोख्नुभयो, “पत्रिकामा पाँच पत्रकार कर्मचारी छन्, विज्ञापनले पुग्दैन । हरेक महिना रु १३÷१४ हजार आफैँले थप्नुपर्छ, सकुन्जेल पत्रकारितामा रमाउँछु ।” उहाँ दुई छोरासँगै बस्दैआउनुभएको छ । श्रीमतीको भने निधन भइसक्यो । । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16