काठमाण्डाै, १४ माघ २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे विराेधकाबीच राष्ट्रियसभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएकाे छ ।

मंगलबार बसेकाे राष्ट्रियसभा बैठकमा कांग्रेसले विराेध गरे पनि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विधेयकमाथिकाे कारवाही अघि बढाउनुभएकाे थियाे ।

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेकै बेला अध्यक्ष तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्न अनुमति दिनुभएकाे थियाे ।

अध्यक्षले शिक्षामन्त्री पाेखरेलले सदनमा प्रस्तुत गर्नुभएकाे विधेयकमा छलफलमा भाग लिन आग्रह गरे पनि बिपक्षी कांग्रेस नाराबाजीमै रहेकाले त्यसमा कसैले पनि भाग लिएनन् ।

छलफलमा भाग नलिएपछि अध्यक्षले विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयाे ।

उहाँले विधेयक संशोधन प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ को विधेयक शाखा सिंहदरबारमा संशोधन प्रस्ताव दर्ता गर्न सकिने जानकारी पनि दिनुभयाे ।

राष्ट्रियसभाको अर्को बैठक आगामी बिहीबार १७ गते २ बजेका लागि बोलाइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्