काठमाडौं, १४ माघ २०७५ । आज राष्ट्रियसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पेश हुने भएको छ । गत शुक्रबार संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रियसभामा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट गत शुक्रबार बहुमतले विधेयक पारित भएको थियो ।

विधेयक राष्ट्रियसभाबाट पनि पारित भएमा राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै ऐनका रुपमा लागु हुनेछ । विधेयक सहमतिविपरित ल्याइएको भन्दै डा गोविन्द केसी अनसनमै छन् भने प्रमख प्रतिपक्ष नेपाली काङ्ग्रेसले पनि विद्येयकका चर्को बिरोध गर्दै आइरहेको छ ।

डा केसीले सहमति अनुसारकै विधेयक नआएसम्म अनसन नतोड्ने बताएका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्