- ADVERTISEMENT -

नेपाली कांग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने (बैठकका निर्णय)

January 28, 2019
663
Shares
- ADVERTISEMENT -

काठमाडौं, १४ माघ २०७५ । नेपाली कांग्रेसले ७७ जिल्लामा विरोध प्रदर्शनको घोषणा गरेको छ । कांग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने भएको हो ।

केन्द्रीय कार्यसमितिको बैठकले विरोध प्रदर्शनको घोषणा गरेको हो । प्रतिनिधि सभालेले पारित गरेको चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेसले २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने भएको हो ।

- ADVERTISEMENT -

Advertisement

बैठकको निर्णय 

(१) गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना गर्दछ ।
(२) माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन निम्न ६ मुद्दामा केन्द्रीत रहनेछ —
(क) संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा। गोविन्द के।सी।को अनसनप्रति संवेदनहीन व्यवहार ।
(ख) स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास ।
(ग) प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना ।
(घ) देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठहर्‍याउने षडयन्त्र ।
(ङ) महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।
(च) जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू ।

- ADVERTISEMENT -

Advertisement

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ माघ १४ गते बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेल बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -