- ADVERTISEMENT -

सरकारी गाडी भेट्यो की लेख्यो “माफिया सरकार मुर्दावाद”

January 27, 2019
773
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १३ माघ २०७५ । नेकपा सरकारले चर्काे आलोचना र अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरेसंगै कांग्रेस तर तीनका भातृ संगठनहरुको टाउको दुखाई बनेको छ ।

त्यसोत डा गोविन्द केसीको सत्याग्रहलाई समर्थन गर्ने आम जनताहरुले पनि जबरजस्ती चिकित्सा विधेयक पारित गर्दा आलोचना गरिरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेसको अवरोधका बावजुद विधेयक पारित गरेपछि उसले सरकारले २ तिहाईको दम्भ देखाएर कांग्रेसलाई जिस्काएको भन्दै त्यसको बिरुद्धमा सडकदेखि सदनसम्म आन्दोलन गरेर जवाफ दिने बताएको थियो ।

विधेक पारित भएसंगै कांग्रेसका भातृ संगठनले प्रधानमन्त्रीको पुत्ला जलाउँदै चर्काे बिरोध गरिरहेको छ । आज पनि नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाउँदै बिरोधको कार्यक्रम गरेको हो । यसबीचमा नेविसंघलेले सरकारको बिरोधमा पनि नौलो शैली अपनाएको छ । नेविसंघलेका कार्यकर्ताहरुले सरकारी गाडी भेट्ने बित्तिकै ‘माफिया सरकार मुर्दाबाद’ को नारा लेख्न थालेका छन् । काठमाडौँको कोटेश्वरमा सडकखण्डमा गुडिरहेका २५ भन्दा बढी सरकारी गाडीहरु रोकेर नेविसंघले यस्तो नारा लेखेको हो ।

- ADVERTISEMENT -

Advertisement

सरकारले चिकित्सा विधेयक जनताका लागि भन्दा पनि मेडिकल माफियाहरुको पक्षमा पारित गरेको भन्दै सरकारी गाडीमा नै सरकारबिरुद्ध नारा लेखिएको हो । विद्यार्थीहरुले आइतबार सरकारी गाडी नियन्त्रणमा लिँदै माफिया सरकार मुर्दावाद लेखेका हुन् । नेविसंघका नेता नवराज त्रिपाठी, दुजाङ शेर्पालगायतले सरकारी गाडीमा माफिया सरकार लेख्ने अभियानको नेतृत्व गरेका छन् । सरकारी गाडी तोडफोड गरेर राज्यको क्षति पु¥याउँनु भन्दा बिरोधको शैली नै फेरेको उनीहरुको भनाई छ । सरकारको शैली नसुध्रिएसम्म ‘माफिया सरकार मुर्दावाद’ लेख्ने अभियानलाई निरन्तरता दिईने उनीहरुको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -