काठमाडौं, १३ माघ २०७५ । आफ्नो विरोधका बीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित, त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा वोवास्ता र प्रतिपक्षीविनै संवैधानिक आयोगमा अध्यक्ष नियुक्तिको सिफारिस लगायतका विषयमा काँग्रेसले सरकारविरोधी आन्दोलन चर्काउने भएको छ ।

आज बस्ने काँग्रेस केन्द्रीय समिति बैठकले सरकारका कामकारवाहीका विरुद्धमा आन्दोलनलाई बढाउदै लैजाने निर्णय गर्न लागेको हो । ‘सरकारका कामकारवाहीविरुद्ध आन्दोलन बढाउदै लैजाने कुरामा दुईमत छैन । आजको बैठकमा थप छलफल गरेर कस्ता कस्ता कार्यक्रम गर्ने भन्ने निक्र्योल हुन्छ’ काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले रातोपाटीसँग भने, ‘दिउँसो १ बजे बैठक बस्छ त्यसपछि पछि कार्यक्रम तय हुन्छन् ।’

काँग्रेसको विरोधकाबीच शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले चिकित्सा शिक्षा विधेयक पारित भएको थियो । यो विधेयक पारित भएसँगै काँग्रेस सरकारविरुद्ध आक्रमक भएको छ ।

यसैवीच आइतबार बिहानैबाट काँग्रेसका भ्रतृ संस्था नेविसंघले राजधानीका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गर्नुका साथै पधानमन्त्रीको पुत्ला जलाएका छन् । काठमाडौको पशुपति, पुल्चोक, गा्रमिण आर्दश लगायतका क्याम्पस अगाडि नेविसंघले सरकारविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेको हो । आजै दिउँसो महिला संघले माइतिघर मण्डलामा विधेयक विरुद्ध प्रदर्शन गर्ने जनाएको छ ।

सहमहामन्त्री महतले आजको बैठकमा पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा स्थापित अस्पताल र नेविसंघका बारेमा पनि छलफल हुनेछ । बैठकले नेविसंघको वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने वा विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने भन्ने विषयको टुङगो लागाउने नेता महतले बताए ।

भ्रातृ संस्था नेविसंघको कार्यसमितिको थपिएको समयावधी गत माघ २ गते सकिएपछि १० गतेसम्म पून थपिएको थियो

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्