काठमाडौं,१३ माघ २०७५ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहन गरेको छ । नेविसंघले आइतबार बिहान काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पस अगाडि नाराबाजी गर्दै प्रधानमन्त्री ओलीका पुत्ला दोहन गरेका हुन् ।
नेविसंघका अध्यक्ष नैनसिंह महराका अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा र सरकारको अधिनायकवादविरुद्ध प्रधानमन्त्री ओलीका पुत्ला दहन गरेका हुन् । नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेको छ ।